कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन

मोदीले भने– स्थानीय निकायको चुनावको लागि बधाई
देउवाले भने– संविधान संशोधनको प्रयास अझै हुन्छ

काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा भएकोमा बधाई दिंदै त्यसले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने आशा व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता सकिएसंगै संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले सो प्रतिक्रिया दिएका हुन् । उनले भारतले नेपालको आर्थिक समृद्धी र विकास चाहेको बताउँदै संविधानको सफलताका साथ लागु गर्न शुभकामना समेत दिएका थिए ।

देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा भएकोमा बधाई दिंदै त्यसले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने आशा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता सकिएसंगै संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले सो प्रतिक्रिया दिएका हुन् । उनले भारतले नेपालको आर्थिक समृद्धी र विकास चाहेको बताउँदै संविधानको सफलताका साथ लागु गर्न शुभकामना समेत दिएका थिए ।

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीचको औपचारिक भेटवार्ता सकियो


प्रधानमन्त्री देउवासँग दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन विशेष छलफल भएको र हिमालय जति कै पुरानो मित्र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने मोदीले बताए ।
यस्तै देउवाले आफूलाई अरुण ३ को शिलान्यासको लागि निम्ता दिएकोमा आभार प्रकट गरे । उनले नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफूले संविधान संशोधन मार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन खोजे पनि संसदमा दुई तिहाई बहुमत नपुग्दा संशोधन हुन नसकेको स्पष्टोक्ति दिएका थिए । उनले भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन हुनेमा आशावादी रहेको समेत बताए ।

यस्तै उनले कटैया–कुशवाहा र रक्सौल– परवानीपुर विद्युत प्रशारण लाईन विस्तार भएकोमा मोदी सरकारलाई धन्यवाद समेत दिएका थिए ।

प्रकाशित : भाद्र ८, २०७४ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?