कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुटबन्दीले कांग्रेस दुई पार्टीजस्तो बन्यो : शेखर कोइराला

सभापति देउवाले नै पार्टी पद्धती उल्लघंन गरेको आरोप
नगेन्द्र अधिकारी

काभ्रे — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी पद्धतीमा चल्न नसकेको आरोप लगाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नै पद्धती उल्लघंन गरेको आरोप लगाए ।

गुटबन्दीले कांग्रेस दुई पार्टीजस्तो बन्यो : शेखर कोइराला

स्वर्गीय मंगलादेवी सिंहको २१ औँ स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ बनेपाले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले भारत भ्रमणका बेला नेता विमलेन्द्र निधिलाई कार्यवहाक सभापति बनाउँदा पद्धती मिचिएको दाबी गरे । ‘विमलेन्द्रजी सिनियर नेता हो, उहाँलाई उपसभापति बनाउन सभापतिले कस्ले रोकेको छ,’ नेता कोइरालाले भने, ‘उपसभापति बनाएर मात्रै कार्यवहाक दिएको भए कसैको आपति हुँदैनथ्यो ।’ वरिष्ठ नेता, महामन्त्री, कोषाध्यक्ष, पूर्वमहामन्त्रीलगायतका नेतालाई वाइपास गरेर कार्यवाहक बनाउँदा गलत सन्देश गएको उनले दाबी गरे । उनले सहयात्री दलका नेता तथा मन्त्रीले मनोमानी गर्दा पनि प्रधानमन्त्री नबोलेको भन्दै ‘परेको बेलामा नबोले’त्यसले समस्या ल्याउने तर्क गरे ।

उनले पार्टीका सिनियर नेताको सहभागिताबिना टिकट वितरण भए स्थानीय तहको निर्वाचनमा अपेक्षित नतिजा आउन नसक्ने दाबी गरे । ‘पार्टीले प्रदेश नं २ का केन्द्रीय सदस्यलाई मात्रै राखेर टिकट वितरण गर्ने तयारी गरेको छ, त्यसले समस्या ल्याउँछ,’ उनले भने, ‘रामचन्द्र दाइ, केबी गुरुङ, कृष्ण सिटौला, प्रकाशमान सिंहजस्ता सिनियरलाई सल्लाह नगरी टिकट दिँदा समस्या हुन्छ ।’

अन्तर्घात पार्टीको समस्या भन्दै उनले जतिसुकै मिलाए पनि १५ देखि २० प्रतिशतसम्म अन्तर्घात हुने ठोकुवा गरे । अन्तर्घात गर्नेलाई पार्टीमा कारबाहीका अलावा सामाजिक र राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने उनले बताए ।

गुटबन्दीका कारण दुईवटा पार्टी हो कि भन्ने अनुभव भएको भन्दै उनले तिक्तता मेट्नुपर्ने तर्क गरे । उनले गुटबन्दीले पार्टीलाई कमजोर बनाएको तर्क गरे ।

प्रकाशित : भाद्र १३, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?