१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कैलालीमा बस दुर्घटना, २ को मृत्यु, २० घाइते

मोहन बुढाऐर

डडेल्धुरा — धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलाली सहदपुर गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् ।
घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र ५, २०७४ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?