१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अष्ट्रेलियामा बेपत्ता युवा खोजिदिन परिवारको दूतावासलाई आग्रह

नारायण खड्का

अष्ट्रेलिया — उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका सिरहाका एक विद्यार्थी बेपत्ता भएको भन्दै परिवारले अष्ट्रेलियास्थित नेपाली दुतावासलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

अष्ट्रेलियामा बेपत्ता युवा खोजिदिन परिवारको दूतावासलाई आग्रह

करिब १८ बर्षअघि बिद्यार्थी भिषामा अष्ट्रेलिया आएका सिरहा जिल्ला मखनाहा गाविस ५ मा बस्ने प्रभाकर कुमार मंडल करिब १० बर्षदेखि परिवारको सम्पर्कमा नआएको भन्दै परिवारले दुतावासलाई खोजी गरिदिन आग्रह गरेको हो । होटल म्यानेजमेन्टमा ब्याचलर डिग्रीको अध्ययन गर्न भारतको नयाँदिल्ली हुँदै मण्डल अष्ट्रेलिया आएको निवेदनमा उल्लेख गरिएको छ । 

सन २००६ सम्म फोनमा सम्पर्क भए पनि सन २००७ देखि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका परिवारद्वारा लेखिएको पत्रमा जनाइएको छ । क्यानबेरामा रहेको दुतावासले पनि परिवारको अनुरोधमा मंडलको खोजीकार्यलाई तीब्रता दिएको जनाएको छ । दुतावासका उपनियोग प्रमुख राजेन्द्र पाण्डेले मण्डलको परिवारले उपलब्द्ध गराएको सुचना अनुसार पश्चिम अष्ट्रेलिया र क्युन्सल्याण्ड प्रहरीलाई सहयोगका लागि आग्रह गरिएको जानकारी दिए । पाण्डेले परिवारले उपलब्ध गराएको निवेदनमा मंडलको ठेगाना पश्चिम अष्ट्रेलियाको पर्थ देखिएकाले पर्थ र छिमेकी राज्य क्युन्सल्याण्ड प्रहरीलाई खोजीका लागि आग्रह गरिएको बताए ।

पाण्डेले अष्ट्रेलियास्थित बिदेश बिभागको कन्सुलर शाखामा समेत यसबारेमा जानकारी गराइएको बताए । प्रहरीका साथै सम्बन्धित सबै निकायहरुमा खोजीका लागि आग्रह गरिसकेका कारण चाँडै बेपत्ता भनिएका मण्डलको बारेमा केही जानकारी प्राप्त हुने आशा पाण्डेले गरे ।  साथै दुतावासले अष्ट्रेलियामा रहेका नेपाली समुदायहरुलाई पनि उनको बारेमा केही जानकारी भए दुतावासलाई उपलब्द्ध गराउन आग्रह समेत गरेको छ । 

प्रकाशित : भाद्र १५, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?