बाह्रबिसे–काठमाण्डौ सडक ठाउँठाउँमा अवरुद्ध

महभीरमा सडक भासियो,कल्लेरी र जुरेमा पहिरो
अनिश तिवारी

सिन्धुपाल्चोक — अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीरको सडक भासिनुका साथै कल्लेरी र जुरेमा पहिरो गएको छ । अविरल वर्षाको कारण सडकखण्ड भासिएको र विभिन्न स्थानमा पहिरो जाँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका हुन् ।

बाह्रबिसे–काठमाण्डौ सडक ठाउँठाउँमा अवरुद्ध

बाह्रबिसे, तातोपानीबाट राजधानी जाने प्रमुख सडक बुधबार बिहानदेखि भासिन थालेको थियो । पहिरो झर्ने क्रम जारी रहेकोले अझैसम्म सडक अवरोध खोल्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

‘पहिले सडक अलिअलि भासिएको मात्रै थियो, अहिले महभीरको सडक ध्वस्त भएर जताततै पहिरो झरिरहेको छ,’ घटनास्थलमा यात्रुलाई सहयोगार्थ पुगेका प्रहरी जवान केदार तिवारीले भने ,‘सडक पूरा खसेकोले मर्मत गर्न धेर्रै समय लाग्न सक्छ , जुरे र कल्लेरीमा पहिरो थपिदै गएको छ ।’ 

सडक अवरुद्ध भएपछि दर्जनौ बिरामी, बन्जीजम्पदेखि सीमावर्ती तातोपानीको यात्राको लागि हिडेका पर्यटक बाटैमा अलपत्र परेका छन् ।
बर्खालगत्तै बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीर, जुरे, कल्लेरी र बलेफीजस्ता स्थानमा दैनिक पहिरो अबरुद्ध बनाउने र भासिने गरेको छ । बुधबार बेलुकीदेखि अवरोध हुन सुरु गरेको सडकखण्ड बिहीबार बिहानदेखि पुरा ठप्प भएको थियो । शुक्रवार बेलुकी केही समय खुलेको सडकखण्ड जुरे, कल्लेरीमा पहिरो र महभीरमा पूर्ण सडक भत्किएपछि भएपछि पुन शनिबार बिहानैदेखि आवतजावत ठप्प भएको छ ।

प्रकाशित : भाद्र १७, २०७४ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?