३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भासिएको बबई पुलको संसदीय समितिको अनुगमन

कमल पन्थी

गुलरिया — बबई नदीस्थित जब्दीघाटमा निर्मित पुल भासिएको स्थलमा संसदीय अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको छ । गत साउन २८ गते बबई पुल भासिएको थियो ।

भासिएको बबई पुलको संसदीय समितिको अनुगमन

टोलीमा सांसद कमला पन्त ,दलबहादुर सुनार, हरि ज्ञवाली र सिर्जना तारमुख रहेको सभापति ज्वालाले जनाए । 'पुल भासिएको छ डिजाईनको कमजोरी, संझौताअनुसार काम, ठेकेदार कम्पनी, गुणस्तरलगायत विषयमा छानबिन गरी दोषीमाथि कडा कारबाही हुनु पर्ने' उनले भने, ‘राज्यलाई ठूलो क्षति पुर्‍याउने जोसुकै भए पनि कारबाही हुन्छ ।’ करिब ६ वर्ष अघि निर्माण सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा निर्माण भएको हो । 

पुल हस्तान्तरण नँहुदै भासिए पनि सवारी साधन र मानवीय क्षति भएन । काठमाडौं पुगेर यस विषयमा छलफल गरी यथाशीघ्र छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने संसदीय टोलीले जनाएको छ ।

यसै बीच सरकारले सडक डिभिजन कार्यालय, मध्यपश्चिमाञ्चल सुर्खेतका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन गर्दे सडक विभागमा प्रतिवेदन बुझाएको करिब साता दिन बित्यो । तर, कारबाही प्रक्रिया अघि नबढेको भन्दै स्थानीयले गुनासो पोखेका छन् । पुल भासिएपछि सात दिनको समय अवधि तोके पनि दुई साता लगाएर समितिले छानबिन गरेको थियो ।

पूर्व-पश्चिम राजमार्ग जोड्ने उक्त पुल भासिएपछि चौतर्फी विरोध हुन थालको छ । 

प्रकाशित : भाद्र २४, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?