३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाल इञ्जिनियरिङ कलेजको विवाद चर्कियो, कलेजमा तालाबन्दी

दाबब दिएर एमयूबाट सम्बन्धन फिर्ताको पत्र लेख्न लगाएको आरोप लगाउँदै सम्बन्धन खारेज नगर्न पत्राचार
लिला श्रेष्ठ

भक्तपुर — नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको विवादले नयाँ रूप लिएको छ । नेपाल इन्जिनियरिङ कलेज प्रालि खारेजी, कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन खारेजी र शिक्षा मत्रालयबाट लेटर अफ इन्टेन्ट रद्ध गर्ने विषयमा लिखित कागज गरेका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई सम्बन्धन खारेज नगर्न पत्राचार गरेपछि विवाद चर्किएको हो ।

नेपाल इञ्जिनियरिङ कलेजको विवाद चर्कियो, कलेजमा तालाबन्दी

आफूलाई दबाबमा पारेर कागजात गराएको भन्दै सम्बन्धन खारेज नगर्न कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा दिइसकेका लम्बोदर न्यौपालनेले अर्को पत्राचार गरेपछि नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), स्थानीय सरोकारवाला व्यक्तिहरुले आइतबार कलेजमा तालाबन्दी गरेको छ । 

आफूले गरेको राजीनामा, सम्बन्धन खारेजी लगायतको पत्र दबाबमा परेर गरेको भन्दै न्यौपानेले बुधबार पत्राचार गरेको चाँगुनारायण नगरपालिका नगरसभा सदस्य दिनेश खनालले बताए । कार्यकारी अध्यक्ष न्यौपानेले भदौ १५ गते सम्बन्धन खारेज गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई पत्राचार गरेका थिए ।

न्यौपानेले भदौ १५ गते महानगरीय प्रहरी वृत्त जगातीमा प्रहरीको रोहबरमा राजीनामा र सम्बन्धन खारेजीको पत्र लेखेका थिए । कलेज सञ्चालक समितिका सदस्यहरू, विभिन्न विद्यार्थी संगठनका सदस्य लगायतको उपस्थितिमा उनले राजीनामा पत्र लेखेका थिए ।

प्रकाशित : भाद्र २५, २०७४ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?