नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

पाँचाैंपटक मन्त्रिपरिषद विस्तार
कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले साेमबार राष्ट्रपति कार्यालयमा अायाेजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री देउवालले पाँचाैपटक मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साेमबार राष्ट्रपति कार्यालयमा अायाेजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।

प्रधानमन्त्री देउवालले पाँचाैपटक मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् । नवगठित मन्त्रिमण्डलमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्री दीपक बाेहाेराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्याेग मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

प्रकाशित : भाद्र २६, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली स्पिनर सन्दीपले ७ विकेट लिए, नेपाल २५५ रनले विजयी

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले ७ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

जवाफी ब्याटीङ गर्न आएको थाई टीमका ७ जनालाई नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पेभिलियन फर्काएपछि थाइल्यान्ड २६ रन मै अलवाउट भएको हो ।

नेपालबाट अनिलकुमार शाह र प्रनित थापामगरले अर्धशतक बनाए । अनिल ९१ र प्रनित ५० रन बनाई आउट भए । त्यस्तै सन्दीप सुनारले ३२ रन जोडे । थाइल्यान्डका लागि पी. सुङनार्डले ६१ रन खर्चेर ३ विकेट लिए । 

सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले बुधबार भुटान र बिहीबार सिंगापुरसँग खेलेर समूह ‘ए’ को यात्रा टुंग्याउने छ । सेमिफाइनल सेप्टेम्बर १६ र फाइनल १७ हुने कार्यक्रम छ  । समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने टोली यू–१९ एसिया कपलाई छनोट हुनेछ ।

प्रकाशित : भाद्र २६, २०७४ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्