फोरममै फर्किए अमर यादव

काठमाडौं — तत्कालीन मधेसी जनअधिकार फोरमका नेता अमर यादव संघीय समाजवादी फोरममा फर्किएका छन् ।
रौतहटमा मंगलबार आयोजित कार्यक्रममा यादवले आफू नेतृत्वको मधेस तराई फोरम, संघीय फोरममा समाहित भएको घोषणा गरे ।

फोरममै फर्किए अमर यादव

तत्कालीन मधेसी जनअधिकार फोरमका नेता अमर यादव संघीय समाजवादी फोरममा फर्किएका छन् ।

रौतहटमा मंगलबार आयोजित कार्यक्रममा यादवले आफू नेतृत्वको मधेस तराई फोरम, संघीय फोरममा समाहित भएको घोषणा गरे । दुई पार्टीको एकतापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेस तराई फोरमबीच औपचारिक रुपमा एकीकरण भएको छ ।’

कार्यक्रममा संघीय फोरमका उपेन्द्र यादव र अमर यादवले राष्ट्रिय तथा मधेसका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाँती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने बताए ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि सक्रिय अमर यादव कोषाध्यक्ष थिए । पार्टीभित्र असन्तुष्टिपछि ०६७ सालमा उनले फोरम नेपाल परित्याग गरी मधेस तराई फोरम गठन गरेका थिए । मधेसी जनअधिकार फोरम अशोक राई नेतृत्वको पार्टीसँग एकीकरणपछि स‌ंघीय समाजवादी फोरममा रुपान्तरित भएको हो ।

प्रकाशित : भाद्र २७, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?