२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रहरी नियन्त्रणमा मृत्यु भएकालाई वेवारिशे शव भनेर प्रहरीले गलत सूचना दिएको ठहर

प्रहरी नियन्त्रणमा थुनुवाको मृत्यु प्रकरण
एसपी, प्रनीसहितलाई विभागीय कारबाहीको सिफारिस
दुर्गालाल केसी

दाङ — वडा प्रहरी कार्यालय लमहीमा थुनुवाको मृत्यु भएको बिषयमा छानविन गरी प्रहरीले विवरण सार्वजनिक गरेको छ । अनुसन्धान टोलीले प्रहरी नियन्त्रणमा मृत्यु भएका थुनुवालाई वेवारिशे शव फेला परेको भनेर प्रहरीले गलत सूचना दिएको ठहर गरेको छ ।

प्रहरी नियन्त्रणमा मृत्यु भएकालाई वेवारिशे शव भनेर प्रहरीले गलत सूचना दिएको ठहर

यस घटनामा प्रहरी दोषी देखिएको ठहरसहित छानविन टोलीले जिल्लाका जिम्मेवार प्रहरी अधिकारीलाई विभागीय कार्वाहीको सिफारिस गरेको छ ।

वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएका घोराही उपमहानगरपालिका–१४, नयाँ बजारका करिव ४० वर्षीय गंगटे भनिने देव बहादुर विकको भदौ १४ मा प्रहरी नियन्त्रणमा मृत्यु भएको थियो । प्रहरीले भने घोराही–३ चौपट्टामा वेवारिशे शव फेला परेको भन्ने गलत सूचना सार्वजनिक गरी शवको अन्त्येष्टी समेत गरेको थियो । 

गलत सूचना दिने र माथिल्लो तहमा घटनाको रिपोर्टिङ नगर्ने जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्कासहित मुद्दा फाँटका जिम्मेवार प्रहरीलाई हदैसम्मको विभागीय कारबाही हुने अनुसन्धान प्रमुख एसएसपी दीलिप कुमार चौधरीले बताए ।

प्रहरीले वेवारिशे शव फेला परेको भन्दै आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको विवरण । 

 

विकलाई लुटपाट र चोरी डकैतीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको र प्रहरी नियन्त्रणमै मृत्यु भएको उनले बताए । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको पोष्टमार्टम रिपोर्टमा फोक्सोमा पिप जमेर मृत्यु भएको खुलाइएको चौधरीले जानकारी दिए ।

विकलाई भदौ १३ मा प्रहरीले पक्राउ गरी लमही अस्पतालमा चेकजाँच गर्न लगेको थियो । भदौ १४ मा फेरी प्रहरीले चेकजाँच गर्न लैजाँदा उनको मृत्यु भैसकेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा मृतकको फोटो राखी वेवारिसे शव भनेर प्रेस विज्ञप्ती जारी गरेको थियो । अन्तमा आफन्त कोही नआएको भन्दै भदौ १६ मा घोराही उपमहानगरपालिकाको रोहवरमा विकको अन्त्येष्टी गरिएको थियो ।

 

प्रकाशित : भाद्र २७, २०७४ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?