कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले अन्तरघातीविरुद्ध उजुरी माग्यो

काठमाडौं — कांग्रेसले ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गर्नेहरूको विवरणसहित उजुरी दिन आह्वान गरेको छ ।

केन्द्रीय अनुशासन समितिको बैठकले असोज १० भित्र उजुरी दिन मातहत इकाईलाई आह्वान गरेको हो । बैठकले उजुरीमा आरोपित नेता तथा कार्यकर्तासँग स्पष्टीकरण माग्ने निर्णयसमेत गरेको छ । स्थानीय तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेलाई कारबाही गर्न उजुरी माग्ने र स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?