विश्वव्यापी आप्रवासनलाई सुरक्षित बनाउन साझा धारणा बनाइँदै

१२ देशका अधिकारीहरुको काठमाडौंमा बैठक सुरु
कान्तिपुर संवाददाता

काठमाडौं — वैदेशिक रोजगारीमा कामदार पठाउने १२ देशले विश्वब्यापी आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमन (जिसिएम) गर्ने सवालमा साझा धारणा बनाउनको लागि भन्दै काठमाडौंमा बैठक सुरु गरिएको छ ।

कामदार पठाउने स्रोत देशहरु सहभागी भएको ‘कोलम्बो प्रक्रिया’को अध्यक्ष रहेको नेपालले जिसिएममा साझा धारणा बनाउन काठमाडौंमा बैठक आयोजना गरेको हो । बैठकमा अफगानिस्तान, बंगलादेश, कम्वोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भेतनामका सरकारी अधिकारीहरु सहभागी छन् ।

बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम राज्यमन्त्री दिलीप चौधरीले आप्रवासी कामदारका मुद्दा साझा भएकोले स्रोत देशहरुले विश्व मञ्चमा राखिने धारणाहरु पनि साझा राख्नुपर्ने जोड दिए । ‘हाम्रा कामदारहरु न्युनतम मानवअधिकारबाट बिमुख हुनुको साथै गन्तव्य देशमा शोषण समेत भइराख्नुपरेको छ' उनले भने, 'गन्तव्य देशसँग वार्गेनिङ पावर बढाउनका लागि स्रोत देशबीच एकै खालको धारणा बनाउनुपर्छ, अनिमात्र कामदार सुरक्षाको सामुहिक आवाजले ठूलो अर्थ राख्छ ।’

परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले कामदारले पाउनुपर्ने न्युनतम तलबदेखि उनीहरुका सुरक्षाको लागि उठाउनुपर्ने विषयमा स्रोत देशहरुबीच एकता हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : भाद्र २८, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

तराईमा जितिया पर्वको रौनक

नवीन पौडेल

नवलपरासी — तराईका जिल्लाहरुमा जितिया पर्वको रौनक बढेको छ । विशेष गरी थारु समुदायका महिलाहरुले यो पर्व मनाउने भए पनि पुरुष र महिला दुवै ब्रत बस्ने हुँदा यसलाई थारु समुदायको नै एक ठुलो सांस्कृतिक पर्वकारुपमा लिने गरिन्छ । पर्वको अवसरमा महिलाहरुले झाम्टा नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

तराईका जिल्लाहरुमा जितिया पर्वको रौनक बढेको छ ।

विशेष गरी थारु समुदायका महिलाहरुले यो पर्व मनाउने भए पनि पुरुष र महिला दुवै ब्रत बस्ने हुँदा यसलाई थारु समुदायको नै एक ठुलो सांस्कृतिक पर्वकारुपमा लिने गरिन्छ । पर्वको अवसरमा महिलाहरुले झाम्टा नृत्य प्रस्तुत गर्ने गर्दछन् । वर्षभरिको दु:ख, सु:ख साटासाट गर्ने र आफ्ना पिर व्यथालाई गीतमार्फत पोख्ने गर्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइने गरिन्छ ।

पर्वका लागि थारु समुदायको मौलिक घरलाई माटोले लिपेर सिंगारिएको हुन्छ । दिदीबहिनीलाई घरमा बोलाएर मिठो मसिनो खुवाउने र समूहहरु बनाएर विभिन्न खेल खेल्ने प्रचलन छ ।

जितिया पर्व आज तराईका थारु समुदाय र अन्य रैथाने नातीले धुमधामका साथ मनाइरहेका छन् । जित बहानको कथा सुन्ने र पूजा गर्ने हुनाले यस्ले सबैलाई अनुशासीत र कर्मशील बनाउने धार्मिक विश्वास रहेको कावासोती १६ का जित नारायण थनैतले बताए ।

पछिल्लो समय लोप हुँदै गएको झाम्टा नृत्य, भोदी खेल र अन्य सांस्कृतिक सम्पदाको समेत संरक्षण र प्रवर्द्धमा पर्वको अवसरमा युवाहरु अग्रसर भएका छन् ।

संस्कृति जर्गेनाका लागि एक महिना अघिदेखि नै विभिन्न स्थानमा झाम्टा नृत्य प्रतियोगिता र खेलहरु आयोजना भइरहेका छन् । झाम्टा गीतमा पौराणिक कथासँगै मुलुकको राजनितिक परिवर्तनलाई संस्थागत गर्दै आफ्नो समुदायको हकअधिकार प्राप्तिका लागि जनचेतना समेत जगाउने गरेका छन् ।

नयाँ पुस्ताले मौलिक संस्कृति बिर्संदै गएकाले संस्कृति हस्तान्तरणका लागि मौलिक भेषभूषा र भाषाको प्रतियोगिता आयोजना गर्ने गरिएको थारु कल्याणकारिणी सभाका सीताराम चौधरीले बताए ।

प्रकाशित : भाद्र २८, २०७४ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्