१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कांग्रेस नुवाकोट सभापति केसीमाथि अन्तर्घातको आरोप, कारबाही गर्न माग

त्रिशूली (नुवाकोट) — बेलकोटगढी नगरपालिकाका नेपाली कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।

कांग्रेस नुवाकोट सभापति केसीमाथि अन्तर्घातको आरोप, कारबाही गर्न माग

बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तर्घात गरेको जनाउँदै कारबाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हीरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तर्घात गरेको आरोप लगाइएको छ ।
 
यस्तै पूर्वजिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तर्घात गर्नेको सूची बुझाई कारबाहीका लागि माग गरेको छ । सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ ।

जिल्ला तहकाले कारबाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए । 

पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारबाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए । कारबाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् । रासस 

प्रकाशित : भाद्र २८, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?