१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

हरिहरसिंह राठौर

धादिङ — गत वैशाखदेखिकै वर्षात्‌ले अवरुद्ध ग्रामीण सडक मर्मत नभएपछि दसैंलगायत चाडपर्व मान्न गाउँघर आवतजावत गर्ने नागरिकलाई सास्ती भएको छ ।

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

सदरमुकाम नीलकण्ठ नगरपालिकादेखि जिल्लाका विभिन्न भागमा जाने नियमित सञ्चालनमा आएका आधा दर्जन ग्रामीण सडक सडक मर्मत गरी सञ्चालन गर्न सम्बन्धित निकायले चासो नदिएपछि स्थानीय मर्कामा परेका हुन् । यातायातका साधन नचल्दा दुर्गममा लामो दूरीमा पैदल यात्रा गर्नुपर्ने र दैनिक उपभोग्य सामान आपूर्ति निकै समस्या परेको स्थानीयको गुनासो छ । सदरमुकामबाट उत्तरी भेगका गाउँसम्म पुग्न २/३ दिन नै पैदल हिँड्नुपर्छ ।

सदरमुकामबाट अन्य क्षेत्र जाने मुख्य सडकहरु सल्यानटार, कटुन्जे, सुनौला बजार, धुवाँकोट, मैदी, चैनपुरका ग्रामीण सडकको अवस्था खराब छ । अहिले ठुला सवारीसाधन मात्रै हैन स-साना जिप समेत सञ्चालन हुन सकेका छैनन् । 

जिल्लामा निर्माण गरिएका २५ सय किलोमिटर सडक व्यवस्थित गर्न नसकेपछि वर्षात्‌पछिका ४ महिना स्थानीयवासीले निकै सास्ती व्यहोर्नुपर्ने तत्कालीन सल्यानटार गाविसका पूर्वगाविस अध्यक्ष फणिकान्त छत्कुलीले बताए । उनकाका अनुसार ढल निकासको उचित प्रबन्ध नहुँदा कच्ची सडक झनै बिग्रने मात्रै हैन विभिन्न स्थानमा पहिरोको जोखिम बढाएको छ । कतिपय सडक पैदल हिँड्नसम्म नहुने गरी पहिरोले लगेको छ । 

तर, सडक निर्माणका नाममा हरेक वर्ष लाखौं रकम खर्च हुँदै आएको छ । जिल्ला प्राविधिक कार्यालयका भरत अर्यालले सडक मर्मत गर्न बजेट नभएको बताए । 

प्रकाशित : भाद्र २८, २०७४ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?