कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वन अधिकृतले गाडी सिक्ने क्रममा दुर्घटना, २ जना घाइते

हरि गौतम

रुकुम — सिक्ने क्रममा गाडी दुर्घटना हुँदा जिल्ला वन अधिकृतसहित जिल्ला वन कार्यालयका २ जना कर्मचारी घाइते भएका छन् ।

वन अधिकृतले गाडी सिक्ने क्रममा दुर्घटना, २ जना घाइते

जिल्ला वन अधिकृत जगननाथप्रसाद जयसवालले गाडी सिक्ने क्रममा कार्यालयकै बा ४ च २९९ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा जिल्ला वन अधिकृत जयसवाल र सहायक जिल्ला वन अधिकृत भीमप्रसाद कँडेल सामान्य घाइते भए । घाइते दुवैजना जिल्ला अस्पताल सल्लेमा उपचार गरी फर्किसकेका छन् ।

मुसीकोट नगरपालिका-४, चापामा पर्ने राप्ती लोकमार्गमा गाडी दुर्घटनामा परेको हो । गाडीमा सवार जिल्ला वन कार्यालयकै खरदार तोषराज केसी र चालक सञ्जय परियारलाई भने केही चोट लागेन ।

जिल्ला वन अधिकृत जयसवालले चालकले चलाइरहेका बेला ब्रेकफेल भएर गाडी दुर्घटनामा परेको दाबी गरे । पुरानो गाडी लामो समय नचलाउँदा समस्या आउला भनेर चलाइएको उनको भनाइ छ । ‘हो मैले सजिलो बाटोमा गाडी चलाएको हुँ,’ जिल्ला वन अधिकृत जयसवालले भने, ‘सजिलो बाटोमा मैले गाडी चलाएको देखेकाले दुर्घटना पनि यसैले चलाउने बेला भएको होला भन्ने अनुमान गरेको होलान् तर त्यसो होइन । उनले मोड आइसकेपछि चालकलाई नै गाडी चलाउन दिएको पनि दाबी गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले पनि जिल्ला वन अधिकृतले सिक्ने क्रममा दुर्घटना नभएको जिकिर गरे । ‘त्यसो होइन, घुमाउरो बाटोमा ब्रेकफेल भएर गाडी दुर्घटना भएको हो’प्रहरी नायव उपरीक्षक धमलाले भने ।


दुर्घटनामा परेका जिल्ला वन अधिकृत जयसवाललाई उद्धार गरिँदै ।

प्रकाशित : भाद्र २८, २०७४ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?