कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुस्ताको झोलुंगे पुल निर्माण २ वर्षमा २ प्रतिशत काम

नवलपरासी — नवलपरासीको सुस्तामा २२ करोड ८० लाखको लागतमा निर्माण सुरु भएको झोलुंगे पुल २ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।

सुस्ताको झोलुंगे पुल निर्माण २ वर्षमा २ प्रतिशत काम

जिल्लाको पक्लिहवास्थित नारायणी नदीवारिबाट पारिको सुस्ता जोडने झोलुंगे पुल निर्माणको जिम्मा पाएको ठेकेदार केभी एन्ड पशुपति कन्स्ट्रक्सन कम्पनीको लापरबाहीले पुलनिर्माणको काम अघि नबढेको हो । तीन वर्षभित्र निर्माण सक्न पर्ने ठेकेदाले ठेक्का पाएको २ वर्ष बितिसक्दा २ प्रतिशत पनि काम हुन सकेको छैन । 
सीमापारिको सुस्ता जोड्न १५७१ मिटर लम्बाई र १.७ मिटर फराकिलो झोलुंगे पुल नेपालकै तेस्रो लामो पुल हो । नेपालको सबभन्दा लामो झोलुङ्गे पुल महाकाली नदी पार गर्ने दोधारा चाँदनी हो, जसको लम्बाई १ हजार ४ सय ५२.९६ मिटर छ । 
 
२ वर्षअघि पुल निमार्णका लागि १० क्विन्टल फलामे छड, ६ वटा फलामे पाता र एउटा पुरानो जेनेरेटर ल्याएर छोडेपछि ठेकेदार वेपत्ता भएको त्यहाँका सांसद् देवकरणप्रसाद जयसवाल (सन्तु)ले जानकारी दिए । उनले कामको जिम्मा लिएको ठेकेदारले काम पनि अघि नबढाउने र सम्पर्कमा पनि नआएका कारण निर्माण कार्य अलपत्र परेको बताए । २०७५ असोजमा निमार्ण सम्पन्न गरिसक्नुपर्ने पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको उनको भनाइ छ ।

नारायणी नदी पारिपट्टि रहेको सुस्ता पुग्न स्थानीयहरु डुंगा तर्नपर्ने बाध्यता रहेको छ । पुलनिर्माण हुने जानकारी पाएपछि खुसी भएका सुस्तेलीहरु ठेकेदारले काम नगर्दा निराश भएका छन् । पुल निर्माणको थोरै सामान खसालेपछि ठेकेदार बेपत्ता भयो स्थानीय उमा गिरी भन्छन्, 'ताकेता गनुपर्ने झोलुंगे पुलका सरोकारवालामा पटक पटक लिखित जानकारी पठाउँदा पनि बेवास्ता भएको छ ।'
 
नारायणी नदी पारिको भारतीय भूमिसँग जोडिएको सुस्तेली नेपाली भूभागमा आउजाउ गर्न हिउँद, बर्खा सधैं डुंगा तर्नुपर्ने बाध्यता छ । भूभाग हुँदै सुस्ता जानका लागि उनीहरु घुमाउरो र लामो बाटो तय गरेर भारतीय भूभाग हुँदै जान पर्छ । नत्र हिउँद वर्षा डुंगा तर्नूबाहेक विकल्प छैन । 

प्रकाशित : भाद्र २८, २०७४ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?