१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१९७ जना जिल्ला न्यायाधीशको सरुवा (सूचिसहित)

प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीशको समेत सरुवा
कृष्ण ज्ञवाली

काठमाडौं — न्यायपरिषदले विभिन्न जिल्लाका १९७ जना न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीश समेत परेका छन् । निर्वाचन आउन एक साता बाँकी रहँदा परिषदले यस्तो निर्णय गरेको हो । परिषदले ७७ न्यायाधीशलाई आगामी मंसीरको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतमा सिफारिस गरेको छ भने १० जना न्यायाधीशको नाम जगेडाको सूचीमा राख्न सिफारिस गरेको छ ।

न्यायपरिषदले विभिन्न जिल्लाका १९७ जना न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीश समेत परेका छन् ।

निर्वाचन आउन एक साता बाँकी रहँदा परिषदले यस्तो निर्णय गरेको हो । परिषदले ७७ न्यायाधीशलाई आगामी मंसीरको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतमा सिफारिस गरेको छ भने १० जना न्यायाधीशको नाम जगेडाको सूचीमा राख्न सिफारिस गरेको छ ।

विपक्षी एमालेले भने निर्वाचन आचार संहिता विपरित हुने भन्दै न्यायाधीश सरुवा नगर्न आग्रह गरेको थियो । उसले निर्वाचन आयोगमा पत्र पठाएर सरुवाको स्विकृती नदिन माग राखेको थियो भने एमाले नेताहरुले सरुवाको निर्णय नगर्न न्याय परिषदमा समेत मौखिक आग्रह गरेका थिए ।

‘निर्वाचनको मुखैमा न्यायाधीश सरुवा गर्नु हुँदैन भनेर हामीले गरेको आग्रहलाई बेवास्ता गरियो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कान्तिपुरसित भने, ‘यो सत्ताको चरम दुरुपयोग हो ।’

सरुवा गरिएका न्यायाधीशकाे सूचि यहाँ हेर्नुहाेस् :

प्रकाशित : भाद्र २८, २०७४ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?