कान्तिपुरकर्मी चौधरी सम्मानित

काठमाडौं — राष्ट्रिय उपभोक्ता मञ्चले कान्तिपुरकर्मी राजु चौधरीलाई सम्मान गरेको छ ।

उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनको क्षेत्रमा छापा सन्चार संस्थाको रुपमा सक्रियतापुर्वक कार्यसम्पदान गरि उपभोक्ता हित अधिकारका लागि विशेष योगदान पुर्‍याएको भन्दै चौधरीलाई मन्चको १२ औ बार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।

कान्तिपुरकर्मी चौधरी सम्मानित

राष्ट्रिय उपभोक्ता मञ्चले कान्तिपुरकर्मी राजु चौधरीलाई सम्मान गरेको छ ।

उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनको क्षेत्रमा छापा सन्चार संस्थाको रुपमा सक्रियतापुर्वक कार्यसम्पदान गरि उपभोक्ता हित अधिकारका लागि विशेष योगदान पुर्‍याएको भन्दै चौधरीलाई मन्चको १२ औ बार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । बुधबार आयोजित कार्यक्रममा आपूर्ति मन्त्री शिवकुमार मण्डलले सम्मान गरेका हुन् ।

यस्तै संस्थागत रुपमा उज्यालो रेडियो नेटवर्क प्रालिलाई पनि सम्मान गरिएको थियो । मञ्चले कृषि विभागका महानिर्देशक डिल्लीराम शर्मा, आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ, मन्चका बर्दिया शाखा अध्यक्ष बिष्णु तिमिल्सिना र ललितपुर जिल्ला महिला समितीका अध्यक्ष निना श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

प्रकाशित : भाद्र २८, २०७४ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?