कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चमा तीन न्यायाधीशको नाम सिफारिस

काठमाडौं — न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि उच्च अदालतका तीन जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सर्वोच्चमा तीन न्यायाधीशको नाम सिफारिस

परिषदले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका डम्बरबहादुर शाही र पाटनका टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । तीनै जनाको नाम अब संसदीय सुनुवाइ समितिमा पुग्नेछ र त्यहाँबाट अनुमोदन भएमा उनीहरू सर्वोच्चको न्यायाधीश नियुक्त हुनेछन् ।

प्रकाशित : भाद्र २८, २०७४ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?