२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अज्ञात समूहद्वारा कंक्रिट उद्योगमा आगजनी

रवीन्द्र उप्रेती

बर्दिवास(महोत्तरी) — अज्ञात समूहले यहाँको एक कंक्रिट उद्योगमा बुधबार राति आगजनी गरेको छ । मध्य राततिर आएको समूहले बर्दिवास नगरपालिका-२ स्थित हङकङ डाडाँमा सञ्चालित सोनामाई कंक्रिट उद्योगको भ्याकुम लोडरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहद्वारा कंक्रिट उद्योगमा आगजनी

उद्योग सञ्चालक प्रदीप खड्काकाअनुसार आगजनीबाट ६० लाखबढी मूल्यको क्षति पुगेको छ । सुरक्षा दृष्टिले अति संवेदनशील बर्दिवासमा निर्वाचनको संघारमा आएर गराईएको आगजनीलाई अर्थपूर्ण र सुरक्षा चुनौतीको रुपमा हेरिएको छ ।

उद्योगमा कार्यरत १० जना कामदार क्रसर परिसरकै क्वाटरमा आराम गर्न गएको मौका पारि राति डेढ बजेतिर पेट्रोल छर्केर आगो लगाएका उद्योगका स्टाफ दामोदर भण्डारीले जनाए । कामदारले आगो दन्किएपछि मात्र थाहा पाएका थिए । डिजल ट्यांकीमा नै आगो सल्किएकोले उनीहरुले प्रयास गर्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको जनाए । उद्योगका म्यानेजर रामकुमार भुजेलकाअनुसार ट्यांकीमा १ सय ३० लिटर जति डिजेल रहेको बताए ।

घटनालगत्तै पुगेको प्रहरीको प्रयास लेसमेत आगो नियन्त्रण हुन सकेन र पूर्ण क्षति भएको भुजेलले जनाए । आगलागी नियन्त्रण हुन नसकदा २ महिनाअघि मात्र खरिद गरिएको २ घनमिटर क्षमताको भ्याकुम लोडरलगाएतका सामान जलेर नष्ट भएको छ ।

बर्दिवासमा हाल ८ क्रसर सञ्चालनममा छन् । स्थानीय तह निर्वाचनको घोषणा भएसँगै केही समूहले ५ देखि १० लाखसम्म रकमै किटेर चन्दा माग गर्दै आएको र मागेबमोजिम दिन असमर्थता जनाएपछि कारबाही स्वरुप आगजनी गरिएको जनाइएको छ ।

बर्दिवास प्रहरीका डिएसपी प्रवीण पोखरेलले घटनास्थलबाट बरामद सबुत प्रमाणको आधारमा आगजनीमा संलग्नको खोजतलास सुरु गरिएको जनाए । पोखरेलकाअुसार वरामद प्रमाणले घटना अनुसन्धानमा सहयोग पुगेको छ । अघिल्ला निर्वाचनका बेलासमेत उक्त क्रसरमा पटक पटक विस्फोट लगाएत भौतिक सामानमा क्षति पुर्‍याइएकाले यसको पनि सघन अनुसन्धान थालिएको डिएसपी पौडेलले जनाए ।

‘घटना श्रृङखलावद्धरुपमा घटदै आएको पाइएको छ,’ पौडेलले भने, ‘यसको कारण पनि पइल्याउने प्रयास थालेका छौं ।’

प्रकाशित : भाद्र २९, २०७४ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?