२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बर्दियामा देखियो दुर्लभ पाटेबाघ

काठमाडौं — सन् २०२२ सम्म बाघको संख्या २ सय ५० भन्दा बढी पुर्‍याउने संकल्प लिएको सरकारले आगामी वर्ष देशैभर बाघको वैज्ञानिक गणना गर्ने भएको छ ।

बर्दियामा देखियो दुर्लभ पाटेबाघ

वन मन्त्रालयका अनुसार पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जसहित आसपासका जिल्लामा बाघ गणना गरिनेछ । नेपालमा वाग्मती नदीदेखि पश्चिमको कञ्चनपुरसम्म बाघको उपस्थिति छ ।

यस्तै भदौ अन्तिम साता जंगल सफारीको क्रममा दुर्लभ पाटे बाघ देखियो । यहाँको पाटेबाघले पर्यटकलाई लोभ्याएको छ । दिउँसै पाटेबाघ देखिन थालेपछि बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको संख्या बढ्दो छ ।

बाघको संख्या बढेपछि टुरिजमका लागि सहयोग पुगेको छ । निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ देखिन थालेको खबर फैलिएपछि पर्यटक आउने क्रम बढेको हो ।

प्रकाशित : भाद्र २९, २०७४ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?