१०० दिन उपलब्धीपूर्ण रहेको सरकारको दाबी

कान्तिपुर संवाददाता

काठमाडौं — कार्यालयले आफ्नो वेबसाइटमा १०० दिनको उपलब्धी सार्वजनिक गर्दै संविधानको क्रमिक कार्यान्वयन, क्षेत्र निर्धारण आयोग गठन, निर्वाचन सम्बन्धी कानुनको निर्माण, विपदको बेलामा राहत जस्ता कामलाई आफ्नो उपलब्धी भनी उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दै यो अवधीलाई उपलब्धीमूलक भनेको छ ।

भूकम्पमा भत्किएका १ लाख २३ हजार ५ सय घरहरु बन्दै गरेको र ४७ घरहरु निर्माण सम्पन्न भइसकेको भन्दै सरकारले पुर्ननिर्माणलाई पनि आफ्नो उपलब्धी मानेको छ ।
सरकारले आफ्नो उपलब्धी भनेको कामहरु यस्तो छ :

प्रकाशित : भाद्र २९, २०७४ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

आफूलाई साथीले मृगाैला दान गरेकाे सेलेना गोमेजकाे खुलासा

कान्तिपुर संवादाता

अमेरिकी गायीका सेलेना गोमेजले आफ्नो मृगौला प्रत्यारोपण भएको तथ्य सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममा पोस्ट गर्दै गोमेजले आफ्नो साथी फ्रान्सीया राइसाले मृगौला दान दिएको बताएकी छिन् । उनले पोस्टमा मृगौला प्रत्यारोपण गरिएकै कारण फ्यानहरुले केही समय यता आफूलाई सुन्न नपाएको बताएकी छिन् ।

अमेरिकी गायीका सेलेना गोमेजले आफ्नो मृगौला प्रत्यारोपण भएको तथ्य सार्वजनिक गरेकी छिन् ।

इन्स्टाग्राममा पोस्ट गर्दै गोमेजले आफ्नो साथी फ्रान्सीया राइसाले मृगौला दान दिएको बताएकी छिन् । उनले पोस्टमा मृगौला प्रत्यारोपण गरिएकै कारण फ्यानहरुले केही समय यता आफूलाई सुन्न नपाएको बताएकी छिन् ।

I’m very aware some of my fans had noticed I was laying low for part of the summer and questioning why I wasn’t promoting my new music, which I was extremely proud of. So I found out I needed to get a kidney transplant due to my Lupus and was recovering. It was what I needed to do for my overall health. I honestly look forward to sharing with you, soon my journey through these past several months as I have always wanted to do with you. Until then I want to publicly thank my family and incredible team of doctors for everything they have done for me prior to and post-surgery. And finally, there aren’t words to describe how I can possibly thank my beautiful friend Francia Raisa. She gave me the ultimate gift and sacrifice by donating her kidney to me. I am incredibly blessed. I love you so much sis. Lupus continues to be very misunderstood but progress is being made. For more information regarding Lupus please go to the Lupus Research Alliance website: www.lupusresearch.org/ -by grace through faith

A post shared by Selena Gomez (@selenagomez) on

गोमेजले गरेको पोस्ट अनुसार उनलाई ‘लुपुस’ भएको थियो । यो रोगमा शरिरको रोग प्रतिरोधात्मक क्षमताले आफ्नै शरिरको कुनै पनि अंगलाई क्षति पुर्‍याउन सक्छ । ‘लुपुसका कारण मैले मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको हो,’ उनले लेखेकी छिन्, ‘म बिस्तारै ठिक हुँदै छु ।’

उनले उक्त पोस्ट मार्फत नै आफ्नो साथीलाई पनि धन्यवाद दिएकी छिन् ।

प्रकाशित : भाद्र २९, २०७४ १८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्