असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

आठराई (तेह्रथुम) — जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ ।

रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ ।

जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ ।

रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ ।

पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका छन् । आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट छ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन् ।

यस क्षेत्रका उपभोक्तालाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकास्थित इसिबुका उपभोक्ता दायासागर भण्डारीले बताए । वर्षातको समयमा आठराई–फेदाप–म्याङ्लुङ सडकखण्डमा यातायात पनि सञ्चालन हुँदैन । भण्डारीले भने, “रु ८० विद्युत् महसुल बुझाउन रु दुई हजारभन्दा बढी खर्च हुने गरेको छ ।”

यातायात सञ्चालनमा नहुँदा यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ती भएको छ । हिउँदको समयमा यातायात सञ्चालमा हुँदा म्याङ्लुङ बजार पुग्ने रु ७०० एकोहोरो यातायात खर्च लाग्छ । समयमा महसुल बुझाउन नपुग्दा जरिवानासमेत भोग्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिए पनि कार्यालयले ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । रासस

प्रकाशित : भाद्र ३०, २०७४ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?