मुलुकमा भ्रष्टाचार बढ्यो : ओली

विराटनगर — नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन् ।

मुलुकमा भ्रष्टाचार बढ्यो : ओली

विराटनगर विमानस्थलमा शनिबार मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए । उनले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गरे ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् र भ्रष्टाचार भएको छ भने मतियार पनि नहुने स्पष्ट पारे ।

उनी सुनसरीको दुहवीमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आएका हुन् । रासस

प्रकाशित : भाद्र ३१, २०७४ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?