आयल निगम प्रमुख खड्का पदच्युत
काठमाडौं — सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदच्युत गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुसार खड्कालाई पदच्युत गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
यी समाचार पनि पढ्नुहोस्ः
- जसलाई कारबाहीले ‘छुनै सक्दैन’
- अर्थ उपसमितिको ठहर - टेन्डरमार्फत जग्गा खरिद नै भ्रष्टाचार
- आयल निगमको जग्गा खरिदमा अनियमितता, किन सबै मौन ?
- पटक–पटक निलम्बन र विभागीय कारवाहीमा परेका कर्मचारी आयल निगमकाे क्षेत्रीय डिपो प्रमुख
- आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखा समितिको ठहर
- 'आयल निगमको जग्गा खरिदमा करोडौं रुपैयाँको भ्रष्टाचारको खेल छ'
- आयल निगम व्यवस्थापनको मनोमानी
- आफु नाफा खाएर इन्धनको मूल्य वृद्धि गर्छन् आयल निगम
- आयल निगम जग्गा खरिद प्रकरण : ६ गुणा मूल्य बढाएर किनियो
- आयल निगम जग्गा खरिद प्रकरण : सीमित प्रतिस्पर्धामा करोडको जग्गा
- आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो
- विवादित संस्थान, प्रमुख पनि उस्तै
- आयल निगमको जग्गा खरिद प्रकरण : सवा अर्ब घोटाला
त्यसैगरी मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री बस्नेतले जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने आठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्नेसमेत निर्णय भएको जानकारी दिए । सरकारले संयुक्त राष्ट्र संघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्योजन गर्ने भएको छ । त्यसैगरी आजको मन्त्रिपरिषद्ले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ ।
'पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,' मन्त्री बस्नेतले भने । सूचना तथा सञ्चार मन्त्रालयको सञ्चार विज्ञका रूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।
प्रकाशित : आश्विन २, २०७४ १२:२२