कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

७० वटा स्थानीय तहमा मतगणना, प्रतिस्पर्धा तीब्र

काठमाडौं — प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले ७० वटा स्थानीय तहको मतगणना रातिदेखि नै सुरु भएको जनाएको छ ।

७० वटा स्थानीय तहमा मतगणना, प्रतिस्पर्धा तीब्र

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछिमात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।

प्रारम्भिक मतगणनामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम तीब्र प्रतिस्पर्धामा छन् । 

प्रकाशित : आश्विन ३, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?