कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संविधान दिवसमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीको शुभकामना

काठमाडौं — संविधान दिवसमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शुभकामना दिएका छन् ।

संविधान दिवसमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीको शुभकामना

रेग्मीलेसंविधान दिवसले संविधान कार्यान्वयन गर्दै निर्वाचन सफल पारी आम नागरिकको अधिकारको संरक्षण, समानता, समृद्धितर्फ प्रतिवद्ध भई लाग्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

रेग्मीले यसअघिका संविधानहरु किन असफल भए र जनताको आकांक्षा पूर्ति गर्न सकेनन् त्यसको समिक्षा गर्दै देशको स्थायित्व र समृद्धिको लागि वर्तमान संविधानको कार्यान्वयन आजको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।
 
कठिन र जटिल परिस्थितिमा दुई पटकसम्म संविधानसभाको निर्वाचन गरी संविधान जारी गर्नुपरेको स्मरण गर्दै उनले स्थानीय तहको निर्वाचन अन्तिम चरणमा पुगेको र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा ती निर्वाचन सम्पन्न गर्नु पहिलो प्राथमिकता र चुनौतीकोरुपमा लिनु परेको उल्लेख गरेका छन् । 

प्रकाशित : आश्विन ३, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?