कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सेनाका गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

रवीन्द्र उप्रेती

महोत्तरी — निर्वाचन प्रयोजनका लागि नेपाली सेनाले भाडामा लिएको गाडीले ठक्कर दिँदा सोमबार एक दलित बालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार फस्ट रैफल गणको औरहीस्थित प्लाटुन अपरेटिङ बेल्टले प्रयोग गरेको ना ४ च १५४१ नंको पिकअपमा साँझतिर ठोकिँदा औरही नपा ५ श्रीपुरकी ७ वर्षीया किरणकुमारी रामको मृत्यु भएको हो ।

सेनाका गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

निर्वाचन गस्तीमा रहको पिकअप केही अगाडि बढेपछि सडकमा खेलिरहेकी बालिकालाई छाडा गोरुले हानेपछि उछिटिएर गाडीको पछाडीको भागमा ठोकिँदा गम्भीर भएकी थिइन् । घटनालगत्तै सेनाको सहयोगमा गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीले सिन्धुली भिमान-९ का चालक कृष्णबहादुर बोगटी र पिकअपलाई घटनालगत्तै नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७४ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?