१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धनुषाको क्षिरेश्वरनाथमा कांग्रेस विजयी

सन्तोष सिंह

धनुषा — धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।

प्रमुखमा योगेन्द्र पञ्जियार र उपप्रमुखमा रचना श्रेष्ठ विजयी भएका हुन् ।

विजय भएका पञ्जियारले ५ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका सुखदेव यादवले ३ हजार ५ मत प्राप्त गरे ।

उपप्रमुखमा विजय कांग्रेसकी श्रेष्ठले ५ हजार ६ सय ९८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यशोदा यादवले ३ हजार २ सय ८४ मत प्राप्त गरिन् ।

धनुषाको १८ स्थानीय निकाय मध्ये ७ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस ४ तहमा विजयी भएको छ ।

प्रकाशित : आश्विन ६, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?