सप्तरीको तिरहुतमा फोरम नेपाल

अवधेशकुमार झा

सप्तरी — सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका हेमन्तकुमार(मनोज) बहरखेर विजयी भएका छन् ।

बहरखेर २ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजयकुमार यादवले २ हजार १ सय ४ मत पाए ।

यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकै तीर्थमाया मण्डल विजयी भइन् । उनले २ हजार ७ सय ४० मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकी रेखाकुमार मेहताले १ हजार ६ सय १ मत पाइन् ।

प्रकाशित : आश्विन ६, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?