राजविराज नगरपालिकाको मतगणना १२ घण्टादेखि रोकियो, सूचना टाँस गरि मतगणना स्थगन

सप्तरीका मुख्य निर्वाचन अधिकृत भन्छन्– 'म गणना गराउन सक्दिन, आयोगले गराओस्'
अवधेशकुमार झा

राजविराज — स्थानिय तह निर्वाचन अन्तरगत सप्तरीको राजविराज नगरपालिकाको मतगणना पछिल्लो १२ घण्टादेखि रोकिएको छ ।

वडा नम्बर १ को मतगणना जारी नै रहँदा निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साझ सार्वजनिक गरेको मत परिणम भन्दा राति सार्वजनिक गरेको मत परिणाम कम भएपछि विवाद भएर मत गणना रोकिएको हो ।

राजविराज नगरपालिकाको मतगणना १२ घण्टादेखि रोकियो, सूचना टाँस गरि मतगणना स्थगन

स्थानिय तह निर्वाचन अन्तरगत सप्तरीको राजविराज नगरपालिकाको मतगणना पछिल्लो १२ घण्टादेखि रोकिएको छ ।

वडा नम्बर १ को मतगणना जारी नै रहँदा निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साझ सार्वजनिक गरेको मत परिणम भन्दा राति सार्वजनिक गरेको मत परिणाम कम भएपछि विवाद भएर मत गणना रोकिएको हो ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत समेत रहेका राजविराज नगरपालिकाका निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सुचना टास गरि अर्को सुचना नभए सम्मका लागि मतगणना स्थगित गरेको उल्लेख गरेका छन् । मुख्य निर्वाचन अधिकृत कोइरालाले आफुले गणना गर्न नसक्ने जवाफ दिए । ‘अब राजविराजको मत गणना गराउन म सक्दिन’ कोइरालाले कानितपुरसित भने, ‘आयोगले छुटै टोली पठाएर गणना गराओस मैले आयोगलाई भनिसकेको छु ।’

राजविराजस्थित राजनैतिक दलका प्रतिनिधीहरुले कर्मचारीको लापरवाहीका कारण गणना रोकिएको आरोप लगाएका छन् । राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिकाहरु राखिएको छ । वरपर ठुलो संख्यामा सर्वसाधारण र दलका कार्यकर्ताको भिड लागेको छ । तर मतगणना कति बेला सुरु हुने भन्ने विषय अझै पनि अनिश्चत छ ।

प्रकाशित : आश्विन ७, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?