रामप्रित यादबलाई संरक्षण पुरस्कार

काठमाडौं — एघारौं राष्ट्रिय संरक्षण दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा वनमन्त्री बिक्रम पाण्डेले एक लाख ५१ हजार रुपैयाँ र सम्मान पत्र यादबलाई हस्तान्तरण गरे । यो पुरस्कार पाउने उनी चौथो व्यक्ति हुन् ।

रामप्रित यादबलाई संरक्षण पुरस्कार

सरकारले यो वर्षको संरक्षण पुरस्कार वरिष्ठ संरक्षणकर्मी रामप्रित यादबलाई दिएको छ ।

प्राकृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन, वन, वनस्पति, जीवजन्तु एवं जैविक विविधताको संरक्षण तथा अनुसन्धानमा कम्तिमा १० वर्ष योगदान पुर्‍याएका व्यक्तिमध्येबाट १ जनालाई यो पुरस्कार दिने गरिएको छ ।

विक्रम सम्वत् १९९९ सालको पुस ८ मा सिरहमा जन्मिएका यादबले २९ वर्ष वन मन्त्रालय मातहत रहेर विभिन्न निकुञ्जमा काम गरेका थिए । उनी २०५६ सालमा चितवन निकुञ्जको प्रमुख संरक्षण अधिकृतबाट २९ वर्षे सरकारी सेवाबाट निवृत्त भएका थिए ।

७२ वर्षीय यादब सेवा निवृत्तपछि पनि जैविक विविधता संरक्षणमा अहोरात्र लागि परेका छन् । विश्वमै दुर्लभ घडियाल गोहीलाई संरक्षण गर्ने उद्देश्यले २०३५ सालमा चितवन निकुञ्जको कसरामा स्थापना गरि प्राकृतिक रुपमा रहेका घडियालका अण्डा संकलन गर्ने, बच्चा उत्पादन गरी पुन: प्राकृतिक वासस्थानमा नै छाड्ने कार्यमा यादबको अग्रही भूमिका थियो ।

प्रकाशित : आश्विन ७, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?