कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

१ सय २३ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

१३ स्थानको बाँकी

काठमाडौं — असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

१ सय २३ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रिय जनता पार्टी नेपाल २२, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

आयोगमा अब १३ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।

प्रकाशित : आश्विन ८, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?