१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मधेस आन्दोलनको केन्द्र जनकपुर उपमहानगरमा राजपाका लालकिशोर

म जनकपुुरको सेवक, माँ जानकीको सेवक: लालकिशोर
सन्तोष सिंह

काठमाडौं — मधेश आन्दोलनको केन्द्रको रुपमा रहेको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले प्रमुख र उपप्रमुखमा जित हात पारेको छ ।

मधेस आन्दोलनको केन्द्र जनकपुर उपमहानगरमा राजपाका लालकिशोर

जनकपुर उपमहानगरमा राजपाका लालकिशोर विजयी
सन्तोष सिंह
धनुषा

जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल ठुलो मत अन्तरले विजयी भएको छ ।

धार्मिक नगरी जनकपुर उपमहानगरको प्रमुखमा राजपाका लालकिशोर साह र उपप्रमुखमा रिता झा निर्वाचित भएका छन् । जनकपुर उपमहानरपालिकामा प्रमुखमा राजपाका लालकिशोर साहले २१ हजार ९ सय ३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साहले ११ हजार १ सय ६४ मत प्राप्त गरे । उपप्रमुखमा राजपाकी रिता झाले १७ हजार १ सय ४७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निलम कर्णले १० हजार ६ सय ५ मत प्राप्त गरिन् ।

जित पछि लालकिशोरले यो जित आफ्नो मात्र नाई सबै जनताको जित भएको बताएका छन् । 'म जनकपुरको सेवक, माँ जानकीको सेवक भएर काम गर्न चाहन्छु' उनले भनेका छन् ।

प्रकाशित : आश्विन ८, २०७४ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?