कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संघ र प्रदेश निर्वाचनका कार्ययोजना बनाउने जिम्मा एमालेको स्थायी कमिटीलाई

एकताबद्ध भएर निर्वाचन तयारीमा लाग्न नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं — नेकपा (एमाले)को आगामी निर्वाचनका लागि समग्र कार्यायोजना तयार गर्ने जिम्मेवारी पार्टी स्थायी कमिटीलाई दिइएको छ ।

संघ र प्रदेश निर्वाचनका कार्ययोजना बनाउने जिम्मा एमालेको स्थायी कमिटीलाई

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार छनोट विधि र कार्ययोजना तयार पार्न स्थायी कमिटीलाई दिने निर्णय गरेको हो । सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति भनिएको छ, ‘प्राप्त सुझावका आधारमा स्थायी कमिटीले उम्मेदवारहरुको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी कमिटीलाई सुम्पेको छ ।’त्यस्तै, संघीय संसद् र प्रदेश सभा सदस्यहरुको उम्मेदवार मनोनयनको आधिरिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अध्यक्ष केपी ओलीलाई दिइएको छ । 

आफ्ना प्रतितिवेदनमाथि उठेको प्रश्न र जिज्ञासाको जवाफ दिँदै ओलीले एकताबद्ध र सक्रियताका साथ निर्वाचन तयारीमा लाग्न पार्टी पंतिलाई निर्देशन दिएका छन् ।  उनले राष्ट्रिय एकता, संविधानको रक्षा र कार्यान्वयन, सामाजिक आर्थिक रुपान्तरण र समृद्धिका लागि केन्द्र र सबै प्रदेशहरुमा एमालेको बहुमतको सरकार अपरिहार्य रहेको भन्दै आगामी निर्वाचनमा एकढिक्का भएर लाग्न निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्रभागमा स्थापित हुनु र स्थानीय तहमा पहिलो शक्ति हुनुमा गर्व लागेको बताएका छन् । 

प्रकाशित : आश्विन ८, २०७४ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?