कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बामपन्थी बर्चस्वमा रह्यो सिरहा

गोलबजारलाई नमूना बनाउँछु : नवनिर्वाचित प्रमुख साह
भरत जर्घामगर

सिरहा — पूर्व–पश्चिम राजमार्गले दुई भागमा छुट्याएको गोलबजार जिल्लामैं व्यवस्थित र बढ्दो शहरीकरण उन्मुख नगरपालिकाको रुपमा चिनिन्छ । गोलबजार सिरहा सदरमुकाम र सगरमाथाकैं व्यापारिक नाका लहानको बीच भागमा पर्ने भएकाले पनि यस बजारलाई महत्वपूर्ण मानिन्छ । गोलबजार पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो ।

बामपन्थी बर्चस्वमा रह्यो सिरहा

स–साना झुपडीले झुरुप्प घेरिएको ग्रामीण बजार थियो ‘गोलबजार’ । पञ्चायत कालसम्म गोलबजारले बजारको रुप लिन सकेको थिएन । बरु चार किलोमिटर परको ग्रामीण ठाउँ बल्कावाले पुरानो बजारको रुप लियो । त्यसैले पनि गोलबजार ओझेलमा परेको थियो ।

२०४७ सालमा बहुदल स्थापनापछि गोलबजारले धिमे गतिमा बामेसर्ने प्रयास गर्‍यो । २००७ सालमा जन्मिएका देवनाथ साहले गोलबजारलाई व्यापारिक केन्द्र बनाउने लक्ष्य लिई व्यापारीहरुलाई संगठित गरी २०४७ सालमा गोलबजार उद्योग व्यापार संघको गठन गरे । संस्थागत अध्यक्ष रहेका उनले संघलाई २०५१ सालमा विधिवत रुपमा दर्ता गरी बजारसँगै व्यापार विस्तार कामलाई २०६४ सालसम्म निरन्तर अघि बढाए ।

व्यापार संघको पहलमा २०५२ सालमा पहिलो पटक उनले भिएचएफ टेलिफोन जडान गरी गोलबजारवासीलाई सञ्चार सुविधाको पहुँचमा पुर्‍याए । भिएचएफ टेलिफोनबाट त्यतिखेर ८० हजार रुपैयाँ आम्दानी गर्‍यो । त्यो आम्दानी रकम उनले गोलबजारमा क्याम्पस स्थापनाका लागि विद्यालयलाई हस्तान्तरण गरिदिए । उनी विद्यालयको व्यवस्थापन समितिका सदस्य थिए । २० वर्षसम्म उनले विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरे । उनी पछि क्याम्पस सञ्चालक समितिको सदस्य बने ।

व्यापार संघको खातामा चार लाख रुपैयाँ जम्मा भएपछि उनले अतिथि सदन निर्माण सुरु गरे । त्यही धर्मशाला गोलबजारको कार्यक्रम, विवाह बटुललगायत विभिन्न संघसंस्थालाई तालिम, गोष्ठी गर्ने थलो बनेको छ ।

सानो ग्रामीण बजारबाट बजारीकरणमा परिणत भएको गोलबजारका ८ सय घरधुरीलाई खानेपानी पुर्‍याए । उनकै अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन गरी २०५८ सालमा पानी ट्यांकी निर्माण गरी बजारमा धारा जडान गरी खानेपानी सुविधा उपलव्ध गराए । व्यापार समितिमा २ करोड भन्दा बढी आम्दानी रकम खातामा जम्मा भएपछि २०६४ सालबाट नेतृत्व अरुलाई सुम्पिए ।

त्यसपछि सामाजिक काममा तल्लिन भएका उनै देवनाथ साह माओवादी केन्द्रबाट अहिले गोलबजार नगरपालिकाको मेयरमा निर्वाचित छन् । २०२९ सालमा अग्रिम ज्याला अभियान चलाएर बामपन्थी राजनीतिमा प्रवेश गरेका साहले असोज २ गते भएको स्थानीय तह निर्वाचनमा जित हासिल गरेर बामपन्थी किल्लालाई डगमगाउन दिएनन् । उनी पकड कायम राख्न सफल भए ।

२०७१ मंसिर १६ मा साविक असनपुर, जमदह, मुक्सार, लालपुर, चन्द्रलालपुर, चन्द्रोदयपुर, बल्कावा, बेतौना, दुर्गापुरसहित नौ गाविस जोडेर गोलबजार नगरपालिकामा परिणत भएको थियो । १ सय ११ दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गोलबजार नगरपालिका १३ वडामा बिस्तार भएको छ ।

५२ हजार १ सय ३७ जनसंख्या रहेको गोलबजारलाई पहिलो निर्वाचित मेयर साहले खेलकुद विकासका लागि जिल्लामैं नभएको स्टेडियम निर्माण, हरित नगरको रुपमा चिनारी दिलाउन हरित पार्क, एक घर एक बिरुवा अभियान, आर्थिक विकास नै नगरको समृद्धि लगायतकाममा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।

एक क्षेत्र तिन नगरपालिका, माओवादी बर्चश्व सिरहाको साविक क्षेत्र नम्वर ५ । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा सिरहाको ५ नम्वर क्षेत्रबाट पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भए । बामपन्थी पकड क्षेत्रको रुपमा जिल्लामा चिनिन्छ । दाहालको क्षेत्रमा गाउँपालिका छैनन् ।

तीन वटा नगरपालिका मात्र छन्, कर्जन्हा, मिर्चैया र गोलबजार । तीन वटै नगरपालिकामा माओवादी केन्द्रले बर्चश्व कायम गरेको छ ।

कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका मेयरमा गंगा पासमान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ, मिर्चैयामा मेयर श्रवण कुमार यादव र उपमेयरमा जिवछीदेवी र गोलबजार नगरपालिकामा मेयरमा देवनाथ साह र उपमयेरमा रेशम कुमारी थापा निर्वाचित भए ।

स्थानीय तह निर्वाचनको परिणामले माओवादी केन्द्र अध्यक्ष दाहालको निर्वाचन क्षेत्रलाई वामपन्थी किल्लाको रुपमा कायम राखेको छ । ८ नगरपालिका र ९ गाउँपालिकाको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार माओवादी केन्द्रले बर्चस्व कायम गरेको छ । उसले सिरहाको ४ चार नगरपालिका र दुई गाउँपालिकामा जीत हासिल गरी ६ स्थानमा बर्चस्व कायम गरेको हो । ६ स्थानीय तहमा जीत हासिल गरी जिल्लामा पहिलो स्थानमा छ ।

आठ नगर र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेको सिरहामा माओवादी केन्द्रले कर्जन्हा, मिर्चैया, धनगढीमाई र गोलबजार नगरपालिकामा जित हासिल गरेको हो । अर्नामा र औरही दुई गाउँपालिका माओवादीको पोल्टामा पुगेको छ ।

गोलबजार नगरपालिकाबाट मेयर पदका बिजयी देवनाथ साह र उपमेयर बिजेता रेशम कुमारी थापा । तस्बिर : भरत जर्घामगर/कान्तिपुर ।

प्रकाशित : आश्विन ८, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?