३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वडाध्यक्षका छाेराले प्रतिद्धन्दीको घरमा गरे आक्रमण र लुटपाट

१ पक्राउ
अवधेशकुमार झा

लक्ष्मनिया(सप्तरी) — सप्तरी जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाध्यक्षले आफ्नै प्रतिद्धन्दीको घरमा आइतबार साँझ आक्रमण गरेका छन् ।

वडाध्यक्षका छाेराले प्रतिद्धन्दीको घरमा गरे आक्रमण र लुटपाट

उक्त वडाको अध्यक्षमा निर्वाचित कांग्रेसका युगेश्वर साहका छोरा रामसागर साहसहितको समूहले प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार महेन्द्रनारायण साहको घरमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

रामसागर र बुधराम साहसहित पाँचजनाको टोली आईतबार साँझ पराजित उम्मेदवार महेन्द्रको घरमा पुगी गाली गर्दे उनका छोरा राजनारायण साहमाथि आक्रमण गरेका थिए । ईटा र भाटा लिएर आएका पाँचैजनाले जथाभावी कुटपिट गरेको घाइते राजनारायणले कान्तिपुरलाई बताए । 

उनको टाउको र हातमा चोट लागेको छ । उक्त समूहले राजनारायणकी बृद्ध आमा महेश्वरी देवीलाई समेत कुटपिट गरेका छन् । पीडित राजनारायणका अनुसार उक्त समूहले घरमा रहेको नगद साढे ६ लाख रुपैयाँ, पाँचतोला सुन र २० तोला चादीसमेत लुटेर लगेका छन् । राजनारायणका घरमा टेवलका लकरहरु तोडिएको छ । घरभरी केही पैसा छरपस्ट देखिएको छ । 

‘चुनाव हारेपछि हामी घरमा परिवारका सदस्य छलफल गर्दे थियौ, वडाध्यक्ष जितेका युगेश्वरका छोरासहित ३ वटा मोटरसाइकलमा आएका पाँचजनाले अन्धाधुन्ध ईटा बर्साउँदै बाँसको भाटाले आक्रमण गरे’, राजनारायणले भने । आक्रमण गर्ने समूह भाग्न थालेपछि छर छिमेककाले लखेट्दा उनीहरुको स ७ प १०५६ नम्बरको मोटरसाइकल त्यही छोडेर भागेका थिए । 

सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले घटनाको पुष्टी गरे । उनले आक्रमणमा सल्गन भएको आरोप लागेका मध्इे एक जनालाई पक्राउ गरिएको जानकारी दिए । अन्य बाकी आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालित गरिएको सिंहले जनाए । यस्तै उक्त समुहले छोडेर भागेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते राजनारायणले जितको उन्मादमा आफ र आफनो परिवारमाथी आक्रमण गर्ने र लुटपाट गर्नेमा संल्गनलाई कडाकारवाहीको माग गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७४ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?