आन्दोलित चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेरे

फातिमा बानु

काठमाडौं — सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले सोमबार बिहानैदेखि स्वास्थ्य मन्त्रालय घेरेका छन् । कडा आन्दोनकाबीच पनि सरकारले आफूहरुको माग हेल्चक्र्याइ गरेको भन्दै देशभरका चिकित्सकले मन्त्रालय घेरेका हुन् । साथै राजधानी बाहिरका जिल्लाका चिकित्सकहरुले भने सिडियो कार्यालय घेरेर बिरोध जनाइरहेको संघका उपाध्यक्ष डा. ढुन्डीराज पौडेलले बताए ।

आन्दोलित चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेरे

आन्दोलनको सम्बन्धमा सोमबार दिउँसोसम्म सरकारले ठोस निणर्य नलिए अझै कडा आन्दोनमा उत्रिने चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले बताए । ‘जानाजान कोही डाक्टरले बिरामी मार्दैन, छिटफुट घटना हुँदा प्रमाणबिनै डाक्टरमाथि हातपात र अस्पताल तोडफोड गर्नेलाई पनि सजाय हुनुपर्छ,’ डा. श्रेष्ठले भने ।

चिकित्सकहरुको सुरक्षाका लागि पनि सरकारले तत्कालै स्पष्ट कानुन बनाउनुपर्ने,अस्पतालभित्र उनीहरुमाथि हुने आक्रमण गर्नेलाई कानुनी तथा जेल सजाय हुनुपर्ने उनीहरुको माग छ ।

उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सक स्वयंले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय फिर्ता भने सरकारले फिर्ता लिएको छ । सबै माग पुरा नभएसम्म निर्णय नसच्याएसम्म अनिश्चितकालीन आन्दोलन जारी राख्ने उनीहरुको अडान छ ।

अर्कातिर आन्दोलिनका कारण ओपीडी बन्द भएसँगै अस्पताललमा बिरामी अलपत्र परिरहेका छन् । तत्काल ज्यान सक्ने बिरामीको उपचार भने नरोकिएको, उनीहरुलाई अस्पतालको इमर्जेन्सी कक्षबाट सेवा दिइरहेको चिकित्सकहरुको दाबी छ । तर, फलोअपमा आएका बिरामी अलपत्र छन् । बिरामी अस्पताल आउँदै फर्किर्दै गर्ने क्रम बढेपनि अस्पताल परिसर शुन्य हुन थालेको छ ।

प्रकाशित : आश्विन ९, २०७४ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?