२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
समाचार

News

आन्दोलन दसैंमा पनि : चिकित्सक संघ

चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘सरकार असंवेदनशील भएकाले हामीले यस्तो निर्णण लिनुपर्‍यो ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकको सुरक्षा प्रतिबद्घता गर्न नसकेको उनले आरोप लगाए ।

आन्दोलन दसैंमा पनि : चिकित्सक संघ

विज्ञहरुको राष्ट्रपतिलाई सुझाव– ‘शिक्षा ऐनको संशोधन घातक छ, प्रमाणिकरण नगरियोस्’

शिक्षाविद्हरुले शिक्षा ऐन नवौं संशोधन प्रमाणीकरण नगरिदिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । ऐन संशोधन भए सार्वजनिक शिक्षाका लागि घातक हुने भन्दै उनीहरुले रोक्न माग गरेका हुन् ।

विज्ञहरुको राष्ट्रपतिलाई सुझाव– ‘शिक्षा ऐनको संशोधन घातक छ, प्रमाणिकरण नगरियोस्’

नेपाली बालबालिका बेचिने क्रम बढ्दो : राष्ट्रसंघ

राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम नचालेकोमा आफ्नो ध्यानाकर्षण भएको पनि राष्ट्रसंघले जनाएको छ ।

नेपाली बालबालिका बेचिने क्रम बढ्दो : राष्ट्रसंघ

रणनीतिक रुपमा नेपालको असाध्यै ठूलो महत्व छ : ओमन

ओमनका उपप्रधानमन्त्री सायिद फाहद मोहम्मद अल–सेडले रणनीतिक हिसाबले निकै महत्व अवस्थामा रहेको नेपालले भारत र चीनको विकासबाट फाइदा लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

रणनीतिक रुपमा नेपालको असाध्यै ठूलो महत्व छ : ओमन

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा रहेको मुख्य शिलामा मंगलबार दिउँसो लगातार दुईपटक ‘पसिना’आएको छ ।नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

सीमावर्ती बजार भान्टाबारीबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका कोसी गाउँपालिका-८ का वडाध्यक्षसहित १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुलाई कोसी गाउँपालिका-८ भान्टाबारीमा रहेको शंकर पौडेलको घरबाट सोमबार राति पक्राउ गरिएको थियो । जुवाको खालबाट संघीय समाजवादी फोरमबाट वडाध्यक्ष बनेका विन्देश्वर यादवसहित १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम हटाइए

हवाई माफिया र बिचौलियाको दबावमा पर्यटन मन्त्री जितेन्द्र नारायण देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई पदबाट हटाएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम हटाइए

बीपी प्रतिष्ठान र तीन संस्थाबीच वेग्ला वेग्लै सहमति

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्ष र कर्मचारी कल्याण समाजबीच भएको वार्तामा २७ बुँदे सहमति भएको छ ।

बीपी प्रतिष्ठान र तीन संस्थाबीच वेग्ला वेग्लै सहमति

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, एक बालक गम्भीर घाइते

रोशी गाउँपालिका-३ शिखरआम्बोटेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, एक बालक गम्भीर घाइते

अनुगमन गर्नेलाई कारबाहीको अधिकार नहुँदा कालोबजारी गर्नेले उन्मुक्ति पाउँछन् : मन्त्री मण्डल

आपुर्तिमन्त्री शिवकुमार मण्डलले अनुगमन गर्नेलाई कारबाहीको अधिकार नहुँदा कालोबजारी गर्नेले उन्मुक्ति पाउने गरेको बताएका छन् ।

अनुगमन गर्नेलाई कारबाहीको अधिकार नहुँदा कालोबजारी गर्नेले उन्मुक्ति पाउँछन् : मन्त्री मण्डल

जिम्मेवारी दिए प्रदेश प्रमुखको नेतृत्व लिन तयार : गगन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीले जिम्मेवारी दिए आफू प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको रुपमा नेतृत्व लिन तयार रहेको बताएका छन् ।

जिम्मेवारी दिए प्रदेश प्रमुखको नेतृत्व लिन तयार : गगन

बर्दिया र रामेछापमा सवारी दुर्घटना, ३८ जना घाइते

बर्दिया र रामेछापमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गस्थित बर्दिया बारबर्दिया नपा-९ कतरनियामा रात्री बस पल्टिँदा २४ जना यात्रु घाइते भएका छन् ।

बर्दिया र रामेछापमा सवारी दुर्घटना, ३८ जना घाइते

दिनहुँ लुटिन्छन् नेपाली कामदार

दसैंका लागि भारतबाट स्वदेश फिर्ने यात्रु बाटोमै लुटिन थालेका छन् । सीमावर्ती क्षेत्रमा नसालु पदार्थ खुवाएर लुट्ने क्रम बढेको हो । सोमबार मात्रै २ लाखभन्दा बढी रकम लुटिएका ६ नेपाली कामदार अलपत्र अवस्थामा भेटिएका छन् ।

दिनहुँ लुटिन्छन् नेपाली कामदार

च्यांग्रासँगै भित्रन्छ दसैं

दसैंमा मीठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छ नै तर पोखरामा यतिले मात्रै दसैंको रौनक हुँदैन ।

च्यांग्रासँगै भित्रन्छ दसैं

धरहरा पुनर्निर्माणबाट टेलिकमले किन हात झिक्यो ?

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो ।

धरहरा पुनर्निर्माणबाट टेलिकमले किन हात झिक्यो ?

उम्मेदवार छान्दै प्रमुख दलहरू

स्थानीय तहको चुनाव सकिएलगत्तै राजनीतिक दलहरू प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुटेका छन् । प्रदेश र प्रतिनिधिसभाको एकैपटक मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा हुन लागेको चुनावका लागि दलहरू उम्मेदवार छनोट प्रक्रियामा लागेका हुन् ।

संसद्‌मा समर्थन, बाहिर विरोध

कुल सांसदको २६ प्रतिशत मात्रको समर्थनमा शिक्षा ऐन संशोधन गरिएको भन्दै विरोध हुन थालेपछि मुख्य दलका शीर्ष नेताले नै ऐन संशोधन गलत भएको बताउन थालेका छन् । संयुक्त विद्यार्थी संगठनले ऐन संशोधनले सार्वजनिक शिक्षा तहस–नहस हुने भन्दै नेताहरूलाई ज्ञापनपत्र बुझाउन थालेका छन् । संगठनले सोमबार एमाले अध्यक्ष केपी ओली, कांग्रेस कार्यवाहक अध्यक्ष विमलेन्द्र निधि, सभामुख ओनसरी घर्तीमगर र शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाए ।

संसद्‌मा समर्थन, बाहिर विरोध

म्याग्दीमा जिप दुर्घटना हुँदा ११ जना घाइते

सदरमुकाम बेनीबाट ११ जना यात्रु बोकेर अन्नपूर्ण गाउँपालिका, ७ घराम्दी जाँदै गरेको ध १ ज ६६८ नम्बरको बोलेरो जिप सोमबार साँझ ७ बजे अन्नपूर्ण गाउँपालिका, ७ दोसल्लेमा दुर्घटनामा चालक समेत १२ यात्रु घाइते भएका छन् ।

विधेयकमै बार्गेनिङ !

संसद् भवनमा सोमबार विभिन्न विधेयकमाथि छलफल चलिरहँदा बाहिर युवाको एक समूह विरोधमा उत्रिरहेको थियो भने डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालको एउटा कोठामा अनशनको तयारीमा जुटै थिए । संसद्मा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची हटे उनी अनशन नबस्ने सोचमा थिए ।

विधेयकमै बार्गेनिङ !

प्रदेश प्रमुखलाई के-के छन् सुविधा ?

सरकारले प्रदेश प्रमुखहरूलाई सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू प्रस्ताव गरेको छ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता गराएको ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेश प्रमुखले मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने उल्लेख छ । विधेयकअनुसार प्रदेश प्रमुखको नियुक्ति सरकारले गर्नेछ ।

प्रदेश प्रमुखलाई के-के छन् सुविधा ?

सरकार र चिकित्सकबीचको द्वन्द्वले मारमा बिरामी

सरकार र चिकित्सकबीचको टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरू शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा छन् ।

 सरकार र चिकित्सकबीचको द्वन्द्वले मारमा बिरामी