२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

म्याग्दीमा जिप दुर्घटना हुँदा ११ जना घाइते

घनश्याम खडका

म्याग्दी — सदरमुकाम बेनीबाट ११ जना यात्रु बोकेर अन्नपूर्ण गाउँपालिका, ७ घराम्दी जाँदै गरेको ध १ ज ६६८ नम्बरको बोलेरो जिप सोमबार साँझ ७ बजे अन्नपूर्ण गाउँपालिका, ७ दोसल्लेमा दुर्घटनामा चालक समेत १२ यात्रु घाइते भएका छन् ।

घाइतेहुनेहरुमा अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीका चालक ध्रुव पाईजा, सोही ठाउँका गाडीधनी तुलवहादुर फगामी, अनिता गर्वुजा (२३) उनकी छोरी आर्जु (३), करिना फगामी (१४), वर्षा फगामी (१२), ममता पुर्जा (२५), लक्ष्मी गर्वुजा (३०), लालदेवी गर्वुजा (२५), जललजा गापा, ५ पर्वतका विपना पुन (२०), प्रतिमा पुन (१९), र सुनिता पुन (१४) रहेका छन् । 

घाइतेमध्ये गम्भीर ३ जनालाई थप उपचारको लागि पोखरा जिरो किलोमिटर स्थित पश्चिमााञ्चल अस्पतालमा सोमबार राती नै रिफर गरिएको छ । घाईतेहरुको रेडक्रस बेग उपशाखाको नेतृत्वमा स्थानियले उद्धार गरी प्राथमिक उपचारसहित सदरमुकाम पठाएको थियो । 

सदरमुकाम बेनीदेखि १७ किमी उत्तर तर्फ बेनी–जोमसोम सडकको महभीर खण्डबाट करिव चार किमी माथि घराम्दीको लागि उकालो चढेको मालबाहक बोलेरो जिप केही ब्रेक फेल भइ सडकदेखि तल खसेको थियो । 

‘दुर्घटना राती भएको र नजिकै युनिट कार्यालयन नहुँदा प्रहरी घट्नास्थल पुगिसकेको छैन । मंगलबार बिहान मात्र पुग्छौं । गाडी धनी र चालकको भनाई अनुसार उकालो बाटोमा लोड थेग्न नसक्दा ब्रेकफेल भइ गाडी तल खसेको थियो,’ प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : आश्विन १०, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?