आठ लाख बाहिरिए

कान्तिपुर संवाददाता

काठमाडौं — दसैं मनाउन चार दिनमा आठ लाख यात्रु राजधानीबाट बाहिरिएका छन् । यो संख्या प्रत्येक दिन बढ्दो छ ।

आठ लाख बाहिरिए

कंलकी, कोटेश्वर, नागढुंगा, बल्खु, अरनिको राजमार्ग र साँखु नाकाबाट यात्रु बाहिरिने गरेको यातायात विभागले जनाएको छ । विभागका अनुसार घटस्थापनादेखि सोमबारसम्म उपत्यकाबाट बाहिरिनेको संख्या आठ लाख पुगेको हो । 

‘१५ देखि १६ लाख मानिस सार्वजानिक र बाँकी निजी सवारी साधनबाट बाहिरी अनुमान छ,’ विभागका प्रवक्ता टोकराज पाण्डे भने, ‘जमसध्ये ४० देखि ५० प्रतिशत बाहिरिइसकेका छन् ।’ नेपाल यातायात व्यवासयी महासंघका महासचिव सरोज सिटौलाले फूलपातीसम्ममा प्रत्येक दिन चार लाखभन्दा बढीले उपत्यका छोड्ने अनुमान रहेको बताए । उनले यात्रु नठगिऊन् भनेर कंलकी र कोटेश्वरलगायत विभिन्न १२ स्थानमा यात्रु ‘हेल्प डेस्क’ राखिएको जनाए । ‘यात्रु ठगिएको गुनासो बढेपछि पूर्व–पश्चिमलगायत राजमार्गमा पनि ‘हेल्प डेस्क’ राखेको छौं,’ उनले भने । 

उनका अनुसार ट्राफिक प्रहरी, यातायात विभागका कर्मचारी र उपभोक्ताकर्मी सम्मिलित ६ वटा अनुगमन टोली गठन भएको छ । ‘अनुगमन तीव्र रूपमा बनाइएको छ,’ उनले भने, ‘बढी रकममा टिकट काट्ने १२ वटा यातायात व्यवसायीलाई कारबाही गरिसकेका छौं ।’ विभागका अनुसार गत वर्ष दसैंमा करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरएका थिए ।

 नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अनुसार नागढुंगा–मुग्लिन, थानकोट खण्डको सडकमा यात्रुले निकै सास्ती भोग्नुपरेको छ । महासंघका महासचिव सरोज सिटौलाले सडक विभागले समयमै खाल्डाखुल्डी पुर्न चासो नदिँदा ग्रामीण भेगमा चल्ने सवारी साधनको अवस्था पनि उस्तै रहेको बताए । ‘सडक मर्मत गर्न २/४ महिना अघिदेखि सम्बन्धित निकायको ध्यानाकर्षण गरेका थियौं,’ उनले भने, ‘एउटा सवारी साधनलाई कलंकीदेखि नागढुंगा पुग्न पाँच घन्टा लागिरहेको छ । सवारी साधन बिग्रियो भने सडकबाट तत्काल हटाउनलाई क्रेन पनि छैन ।’

व्यवसायीले सुविधायुक्त गाडीको व्यवस्था गरे पनि सडकको हालतले गर्दा यात्रुले सास्ती भोग्नुपरेको उनले बताए । ‘यसले दुर्घटनाको सम्भावना पनि उत्तिकै बढाउँछ,’ उनले भने । ट्राफिकका अनुसार राजमार्गमा ठूला सवारी साधन बिग्रिँदा ट्राफिक जाम हुने गरेको छ । सडक विस्तारको क्रममा रहेका कंलकी (थानकोट हुँदै चल्ने सवारी साधन यतिबेला चाप छ । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?