१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बर्दिया र रामेछापमा सवारी दुर्घटना, ३८ जना घाइते

गुलरिया, मन्थली — बर्दिया र रामेछापमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गस्थित बर्दिया बारबर्दिया नपा-९ कतरनियामा रात्री बस पल्टिँदा २४ जना यात्रु घाइते भएका छन् ।

बर्दिया र रामेछापमा सवारी दुर्घटना, ३८ जना घाइते

बर्दिया र रामेछापमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गस्थित बर्दिया बारबर्दिया नपा-९ कतरनियामा रात्री बस पल्टिँदा २४ जना यात्रु घाइते भएका छन् ।

भारतको दिल्ली हुँदै काठमाडौंतर्फ गइरहेको ना५ख ४१५३ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ । गाईलाई बचाउने क्रममा बस अनियन्त्रित भइ पल्टेको प्रहरीको भनाइ छ । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब २० किमि उत्तरमा पर्दछ ।

यसैबीच रामेछापको लिखु गाउँपालिकामा पर्ने हलेदेमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । खिम्ती तर्फबाट मन्थली आउँदै गरेको ना हिमगंगा यातायात सेवाको १ ज ६०४९ को टाटासुमो तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नौ जनाको मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल र २ जनाको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । तामाकोसी सहकारी अस्पतालका चिकित्सक डा. केशवसिं धामीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?