२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चुनावमा माओवादीसँग तालमेल हुन सक्छ : नेपाल

विमल खतिवडा

चितवन — एमाले नेता माधव नेपालले प्रदेश र केन्द्रको चुनावमा वामपन्थी पार्टीबीच तालमेल हुन आवश्यक रहेको बताएका छन् ।

चुनावमा माओवादीसँग तालमेल हुन सक्छ : नेपाल

भरतपुर विमानस्थलमा मगंलबार प्रेस चौतारी जिल्ला शाखाले गरेको पत्रकार भेटमा नेता नेपालले माओवादीसँग तालमेल हुन सक्ने प्रबल संभावना रहेको बताए । ‘माओवादी पनि तयार भएको हो भने राष्ट्रिय रुपमै तालमेल गर्न हामी तयार छौं, होइन भने विभिन्न जिल्ला जिल्लामा र प्रदेश प्रदेशमा पनि गर्नु पर्छ, यसका लागि कुरा भइरहेको छ,’उनले भने,‘कांग्रेस माओवादी गठबन्धन भएर उता गए हाम्रो के लाग्छ, होइन भने हामीसँग तालमेल गर्न तयार भए हामी पनि तयार छौं ।’ उनले आफू चुनाव लड्ने ठाउँबारे निर्णय नभएकाले काठमाडौं र रौतहटमध्ये एक ठाउँबाट लड्ने बताए ।

‘दुवै ठाउँमा सल्लाह गर्छु, त्यसपछि कहाँबाट चुनाव लड्ने भन्ने निर्णय गर्ने छु,’उनले भने,‘जनता र कार्यकर्ताको चित्त दुखाउनु भएन । मेरो चाहना जनताले जहाँ माया गर्छन् । त्यहींबाट चुनाव लड्ने छ ।’

उनले २ नम्बर प्रदेशको चुनावी परिणामा हेर्दा समग्रमा निराशाजनक नरहेको बताए । ‘मेयर/उपमेयर, प्रमुख/उपप्रमुख हेर्ने हो भने अवश्य नि कम भएको छ,’उनले भने,‘समग्रतामा हेर्ने हो भने हाम्रो पार्टी दोस्रो नम्बरमा छ, वडाध्यक्ष र सदस्यको हिसाबले हेर्दा हामी अघि छौं ।’

प्रकाशित : आश्विन १०, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?