जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, एक बालक गम्भीर घाइते

मृतक ६ जनाको पहिचान खुल्यो
नगेन्द्र अधिकारी

काभ्रे — रोशी गाउँपालिका-३ शिखरआम्बोटेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, एक बालक गम्भीर घाइते

बनेपाबाट महाभारत गाउँपालिका-२ गोकूले जाँदै गरेको बा. १४.च ९५५६ नम्बरको बोलेरो जिप रोशी-३ निगालेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

दुर्घटनास्थलमा हराइरहेकी आठ वर्षीया क्रिस्टिना मोक्तान जिपले च्यापिएको अवस्थामा फेला परेपछि मृतकको संख्या सात पुगेको हो । यसअघि नै ६ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो ।

मृत्यु हुनेमा महाभारत २ का पाँचजना र चालक छन् । महाभारत-२ की ३५ वर्षीया खेलीमाया वल, २० वर्षीया पुतलीमाया वल, २२ वर्षीया लेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीय कुमारी जिम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए । थपलियाका अनुसार मृतक चालकको पहिचान खुलेको छैन ।

सख्त घाइते ८ वर्षीय अभिषेक तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । घाइते बालकको कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दसैंमा घर जानेले गाडी रिजर्भमा लगेको बुझिएको छ ।

प्रकाशित : आश्विन १०, २०७४ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?