३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बीपी प्रतिष्ठान र तीन संस्थाबीच वेग्ला वेग्लै सहमति

प्रदीप मेन्याङ्बो

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्ष र कर्मचारी कल्याण समाजबीच भएको वार्तामा २७ बुँदे सहमति भएको छ ।

बीपी प्रतिष्ठान र तीन संस्थाबीच वेग्ला वेग्लै सहमति

व्यवस्थापन पक्षसँग सहमति भएपछि समाजमा आवद्ध कर्मचारीहरु १७ दिन लामो आन्दोलन स्थगित गर्दै काममा फर्केका छन् । सहमतिपछि उपकुपतिसहित चार पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला मंगलबारदेखि खोलिएको छ । 

प्रतिष्ठानका उपकुलपतिले कर्मचारीको माग सम्बोधन गरेपछि सहमति भएको समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए । उनले भने, ‘आन्दोलनबाट कर्मचारीको सेवा सुविधामा वृद्धि हुनुका साथै आकस्मिक कक्ष, सघन उपचार कक्ष, डाइलाइसिस सेवा विस्तार र रेडियोलोजी, ल्याव रिपोर्ट सेवालाई बिरामीको अनुकूल उपलब्ध गराउने सहमति भएको छ ।’

उनले समाजले प्रतिष्ठानलाई भ्रष्टाचार र आर्थिक अनियमितताबाट मुक्त गराउन निगरानी, ताकेता र खवरदारी गरिरहने पनि बताए । 

वार्तामा तलब, भत्ता सुविधा वृद्धिकालागि पुनरावलोकन समितिले असोज ३० गतेभित्र प्रतिवेदन तयार गर्ने, दैनिक ज्यालादारीमा दुई वर्षभन्दा अघिदेखि काम गरिरहेकालाई प्रक्रिया पुर्‍याएर करारमा नियुक्त गर्ने, करारमा एक वर्ष पुगेकालाई पर्फमेन्स करार र चार वर्ष करार सेवा गरेकालाई स्थायी बनाउनेलगायत सहमति भएको छ । सहमति पत्रमै आकस्मिक कक्ष थप ५० शैया, सघन उपचार कक्ष थप ५० र डाइलाइसिस सेवाका लागि २५ मेसिन विस्तार गर्ने उल्लेख गरिएको छ ।

यसै गरी प्रतिष्ठानको व्यवस्थापन पक्षले मेडिकल डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटी र कर्मचारी कल्याण तदर्थ समितिसँग पनि सहमति गरेको छ । चिकित्सकहरुको संस्था सोसाइटीसँग १० प्रतिशत आकर्षण तलबभत्ता वृद्धि गर्ने सहमति भएको छ भने तदर्थ समितिसँग कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको छ ।

सहमतिपछि प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले भने, ‘व्यवस्थापन पक्षले मेडिकल डेन्टल फ्याकल्टि वेल्फेयर सोसाइटी, कर्मचारी कल्याण तदर्थ समिति र कर्मचारी कल्याण समाजसंग वार्ता पछि वेग्ला वेग्लै सहमति भएको छ ।’

उनले प्रतिष्ठानमा सुपर स्पेशियालिटी सेवा विस्तार गर्न र कर्मचारी, चिकित्सक, नर्सको सेवा सुविधा वृद्धिका लागि आफूले उपकुपति भएलगतै सार्वजनिक रुपमै बोल्दै आएको बताए । उनले भने, ‘यहाँ आर्थिक अनियमतता भएको भनिएको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित : आश्विन १०, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?