वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

कान्तिपुर संवाददाता

इटहरी — सीमावर्ती बजार भान्टाबारीबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका कोसी गाउँपालिका-८ का वडाध्यक्षसहित १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुलाई कोसी गाउँपालिका-८ भान्टाबारीमा रहेको शंकर पौडेलको घरबाट सोमबार राति पक्राउ गरिएको थियो । जुवाको खालबाट संघीय समाजवादी फोरमबाट वडाध्यक्ष बनेका विन्देश्वर यादवसहित १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

जुवाको खालबाट प्रहरीले ४ लाख लाख २२ हजार १ सय ३५ नेपाली र भारु ९२ हजार ३ सय ८० रुपैयाँ बरामद गरेको छ । सार्वजनिक गरिएका जुवाडेहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । जुनसुकै दबाबमा पनि उनीहरुलाई नछाडिने माझीले बताए । जुवाडेहरु छुटाउन राजनीतिक दबाबका साथै प्रहरीलाई आर्थिक प्रलोभन दिने काम भइरहेको स्रोतले जानकारी दियो ।

प्रकाशित : आश्विन १०, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?