१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

अनिष्टको सूचक मानिने पसिना आउनेबित्तिकै भक्तजनको भीड
कान्तिपुर संवाददाता

दोलखा — दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा रहेको मुख्य शिलामा मंगलबार दिउँसो लगातार दुईपटक ‘पसिना’आएको छ ।नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा रहेको मुख्य शिलामा मंगलबार दिउँसो लगातार दुईपटक ‘पसिना’आएको छ ।

नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

भीमेश्वरको चट्टान (शिला)को विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा पसिना आउन सुरु गरेर ३ बजेर २० मिनेटमा रोकिएको थियो । पुन:३ बजेर ५१ मिनेटमा पसिना आएको भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।

मंगलबार पसिना आउनेवित्तिकै मानिसहरुको भीड लागेर अघिल्लो पटक पसिना आउँदाझैं पूजापाठ गरिएको प्रत्यक्षदर्शी सलिन श्रेष्ठले बताए । उनका अनुसा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायतले पसिना आएको बेला शिलामा दर्शन गरेका छन् । शिलामा पसिना आएपछि राष्ट्रपछिद्वारा क्षमापूजा गर्नुपर्ने प्रचलनबारे प्रजिअसँग छलफल भइरहेको पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठल बताए ।

राजाको शासनकालमा राजाद्वारा क्षमापूजा गरिन्थ्यो । दरबारबाट बोका र पूजा सामग्री पठाएर पूजा गर्ने चलन थियो । पछिल्ला पसिना आउँदा भने राष्ट्रपति कार्यालयबाट उक्त कार्य गरिने चलन छ । भीमेश्वरमा पसिना आउँदा दरबारलाई पिरोल्छ भनिन्थ्यो ।

दोलखा बजारका स्थानीयहरुले विक्रम सम्वत् १९९० सालमा भूकम्प आउनुपूर्व आएको पसिनादेखिको घटना सम्झन्छन् । २००७ सालको राणा शासनको अन्त्य, २०११ सालको राजा त्रिभुवन, २०२८ सालमा राजाको देहान्त तथा दरबार हत्याकाण्ड हुनुपूर्व पनि पसिना आएको स्थानीयहरु बताउँछन् । पछिल्लोपटक २०७० सालमा दुई पटक पसिना आएको थियो । त्यस बेला तत्कालीन राष्ट्रपति रामवरण यादवले क्षमापूजा गरेका थिए ।

पसिना पुछेको अर्थात् मूर्तिको तल ओछ्याइएका कपासलाई ‘भीमेश्वरको पसिना’ले भिजेको प्रसाद मान्दै कपास लिन हारालुछ हुन्छ । कपासलाई शाषक बर्ग, राजपरिवार र भक्तजनहरुले देशविदेशबाट मगाउने चलन छ । उक्त प्रसादलाई पूजा व्यवस्थापन समितिले खाममा हालेर प्रसादको रुपमा पठाउने चलन छ । मन्दिरमा आउनेहरुलाई पनि कपासका टुक्राहरु दिने चलन छ । उक्त प्रसाद बोकेर हिँड्दा वा राख्दा कल्याण हुने विश्वास गरिन्छ ।

प्रकाशित : आश्विन १०, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?