आन्दोलन दसैंमा पनि : चिकित्सक संघ

कान्तिपुर संवाददाता

काठमाडौं — चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘सरकार असंवेदनशील भएकाले हामीले यस्तो निर्णण लिनुपर्‍यो ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकको सुरक्षा प्रतिबद्घता गर्न नसकेको उनले आरोप लगाए ।

आन्दोलन दसैंमा पनि : चिकित्सक संघ

आफ्ना माग पूरा गर्न सरकारले पहल नगरेको आरोप लगाउँदै चिकित्सकहरूले दसैंमा समेत आन्दोलन जारी रहने बताएका छन् । 

 आन्दोलनका कारण देशभरिका अस्पताल, मेडिकल/डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायत स्वास्थ्यसंस्थाका आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । आन्दोलनअघि नै समय तोकिएका बिरामीको शल्यक्रियालगायत उपचारसमेत हुन सकेको छैन । नियमित फलोअपमा आउनुपर्ने दीर्घरोगीले पनि उपचार पाएका छैनन् ।

‘पूर्वनिर्धारित शल्यक्रियालगायत उपचार बहिरंग सेवामार्फत हुने भएकाले पूरै प्रभावित छ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले भने, ‘बन्दभन्दा पहिला भर्ना भएका बिरामी हाम्रा नैतिक जिम्मेवारी भएकाले उहाँहरूको उपचार भइरहेको छ ।’ दसैंका बेला सामान्यत: बिरामीको चाप कम हुने र दसैंका लागि बुधबारदेखि आइतबारसम्म सरकारी अस्पतालका बहिरंग सेवा बन्द हुने पनि उनले बताए । 

स्वास्थ्यमन्त्री पोखरेलले भने चिकित्सक आन्दोलन सुरु नहुँदै बिरामीलाई मर्कामा नपार्न अथक प्रयत्न गरेको बताए । ‘हामीसँग स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीको सुरक्षासँग सम्बन्धित ऐन छ तर कार्यान्यवन भएको छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले ऐन संशोधन गर्न टोली बनाएर काम सुरु गरिसकेको छ ।’ 

यो ऐनले समेत कानुनी रूपमा चिकित्सक, स्वास्थ्यसंस्था सुरक्षाको प्रत्याभूति दिने उनले बताए । अहिले अस्पताल तथा स्वास्थ्यसंस्था बन्द गर्नुको औचित्य नरहेको भन्दै पोखरेलले चिकित्सकलाई आन्दोलन स्थगन गरी आफ्ना मुद्दा नयाँ ढंगले अगाडि बढाउन आग्रह गरे । 

प्रकाशित : आश्विन १०, २०७४ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?