१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजविराजको मेयरमा १५ मतको अन्तरले राजपाका शम्भु यादब विजयी

अवधेशकुमार झा

राजविराज — राजविराज नगरपालिकाको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ । मेयरमा राजपाका शम्भु यादब र उपमेयरमा राजपाकी साधना झाले जित हासिल गरेका हुन् ।

राजविराजको मेयरमा १५ मतको अन्तरले राजपाका शम्भु यादब विजयी

मेयरमा शम्भुले प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार भिमराज यादबलाई १५ मतले पछि पार्दै नेपालकै पहिलो टाउन प्लानिङ नगर राजविराजको मेयर बन्न सफल भएका हुन् । मेयरमा निर्वाचित शम्भुले ४ हजार ७ सय ७४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालका भिमराजले ४ हजार ७ सय ५९ मत प्राप्त गरे ।

गणनाको अनितम समयमा मेयर पदका २ उम्मेदवारबीच मतान्तर कम रहँदा परिणामको ब्यग्रतापूर्वक प्रतिक्षा गर्न राजपा र फोरमका कार्यकर्ताहरु मतगणनास्थल वाहिर बाक्लिएका थिए । मेयरमा पराजित फोरमका उम्मेदवार भिमराज यादब २ महिना अघि मात्र राजपा परित्याग गरि फोरम नेपालमा प्रबेश गरेका थिए ।

यस्तै उपमेयरमा राजपा नेपालकी साधना झा ९ सय २६ मतअन्तरले विजयी भएकी छिन् । झाले ५ हजार १ सय ९५ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्दी संघीय समाजवादीकी किरण साहले ४ हजार २ सय ६९ मत पाइन् । राजविराजको मतगणना सकिएसंगै स्थानीय तहको तेश्रो चरणको निर्वाचन पनि सफलतापूर्वक समपन्न भएको छ । वडाध्यक्षको उम्मेदवारको मृत्यु भएका कारण राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज २ गते निर्वाचन स्थगन भएको थियो । उक्त वडामा असोज ५ गते मात्र निर्वाचन भएको थियो । एउटा वडामा मतदान समय सरेकाले मतगणनाको परिणाम आउन ढिलो भएको हो ।

प्रकाशित : आश्विन ११, २०७४ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?