राष्ट्रपतिद्वारा पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ

नगेन्द्र अधिकारी

काभ्रे — राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको दिन बिहीबार काभ्रेको पलाञ्चोक-९ मा रहेको पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ गरेकी छन् ।

राष्ट्रपतिद्वारा पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ

बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति यहाँ आएकी हुन् । उनी नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा अवरणपछि मन्दिर पुगेकी हुन् । उनको साथमा छोरी उषाकिरण भण्डारीलगायत सहभागी छन् ।

राष्ट्रपति भण्डारीलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं पलाञ्चोक भवगती विकास तथा सेवा समिति अध्यक्ष शिवप्रसाद सिंखडालगायतले स्वागत गरे । गणतन्त्रपछि पलाञ्चोक भगवती मन्दिरमा

राष्ट्रप्रमुख सहभागी भएको यो पहिलो पटक हो । यसअघि २०७१ कात्तिकमा तत्कालीन उपराष्ट्रपति परमानन्द झा आएका थिए ।

मन्दिर विकास समितिले राष्ट्रपति भण्डारीलाई मन्दिरको जीर्णोद्धार ऐतिहासिकताबारे जानकारी गराउने कार्यक्रम छ ।

प्रकाशित : आश्विन १२, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?